
वाहुन समाज नेपालले फागुन १९ गते पूर्वान्चल बन्द आव्हान गरेको छ । दलीत र जनजातिलाई आरक्षण दिन नहुने वाहुन जातीमाथिको भेदभाव हटाउनु पर्ने भन्दै बन्द आव्हान गरेका हुन ।
वाहुन समाजका केन्द्रिय सदस्य राजेन्द्रप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञिप्तिमा बहुधार्मिक नेपाललाई मात्र हिन्दुहरुको देश भन्नु पर्ने तथा वाहुन र क्षेत्रीलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने माग राखिएका छन् ।
संघीयतामा जाने भए वाहुन र क्षेत्रीलाई मात्रै मिल्ने गरी प्रदेश संख्या घटाउनु पर्ने समाजको माग छ । सरकारले एक महिनाअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन घोषणा गरिएको अधिकारीले जनाएका छन् ।
