देशका विभिन्न भागमा दलित समुदायका विद्यार्थीमाथि जातीय विभेद कायम रहेको विषयमा दलित सभासदहरुले शिक्षामन्त्री दीनानाथ शर्मासँग स्पष्टीकरण लिएका छन् । व्यवस्थापिका-संसदको महिला बालबालिका तथा समाजकल्याण समितिअन्तर्गतको जातीय भेदभाव तथा छुवाछुत समस्या र समाधानका उपायसम्बन्धी अध्ययन उपसमितिले फागुन १७ गते मन्त्री शर्मासँग जातीय विभेद अन्त्यको विषयमा विभिन्न प्रश्न गरेको हो ।
शिक्षामन्त्री शर्माले भने दलित समुदायका बालबालिकालाई कुनै पनि विद्यालयमा विभेदपूर्ण वातावरणमा अध्ययन गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिने र त्यसो भएमा कडा कारबाही थाल्ने आश्वासन दिएका छन् । उपसमितिका संयोजक विनोद पहाडीको अध्यक्षतामा बसेको बैठकमा शर्माले शिक्षालाई सबै समुदायसम्म पुर् याउन विभेदरहित वातावरणमा अध्ययन गर्ने वातावरण बनाइनेमा दाबी गरे ।
मन्त्री शर्माले सरकारले व्यवस्था गरेको जातीय भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन २०६८ लाई सबै विद्यालयमा पुर् याइने र दलित बालबालिकालाई विभेदरहित वातावरणमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न गराउन निर्देशन दिइसकेको दाबी समेत गरका छन् ।
सोही अवसरमा शिक्षा राज्यमन्त्री लीला भण्डारीले विगतमा विद्यालयको शैक्षिक पाठ्यपुस्तकमा रहेका विभेदजन्य सामग्रीको अन्त्य गरी सबै समुदायको सम्मान हुने गरी पाठ्यसामग्री निर्माणका लागि सरोकारवालासँगको सल्लाहमा सुधार गरिसकेको र आगामी दिनमा कुनैपनि शैक्षिक संस्थामा विभेदका घटना नहुने धारणा राखिन् ।
