रु.५० लाख भन्दा माथी उठ्यो-मोना अध्यक्ष योगकुमार फगामी

Read Time:23 Minute, 23 Second

बेलायतवासी म्याग्देलीहरूको जन्मभुमिप्रती मायाको चिनो स्वोरुप प्रदान गर्न लागिएको परोपकारी एम्बुलेन्सबारे म्याग्दी ओवर्सिज नेप्लिज  एसोसियसनका अदक्ष्य योगकुमार फगामीसँगको अन्तर्वाता:-

म्याग्दी प्रवासी  नेपालीसंघ बेलायत युकेले सामाजिक छेत्रमा अग्रनी भूमिका खेलेको पाईन्छ हालै मात्र जन्मभूमी प्रतिको मायाको चिनो स्वोरुप प्रदान गर्न लागिएको ३ वटा  परोपकारी एम्बुलेन्सले पनि  म्याग्देली हरूको जन्मभूमी प्रतिको आफ्नो अगाध प्रेम् र उत्तर्दाइत्वो दर्शाएका छन्  थोरै भएपनि केही योग्दान गरौ भन्ने उदस्य का साथ् एम्बुलेस प्रोजेक्ट आएको छ जस्मा सम्पुर्ण म्याग्देली हरूले भर्पुर उदारता तन मन् र धनले दर्शाए   त्यहि एम्बुलेन्स  हस्तान्तरनकोको नीम्ति मोनाका अदक्ष्य सहित को टोली नेपाल् जादै हुनु हुन्छ त्यहि सिल्सिलामा उहाँ सँग गरिएको अन्तर्वाताको अंश

राज्यसत्ता:- सर्बप्रथम म्याग्दी प्रवासी नेपाली संघ युकेको  अदक्ष्य पदमा रहि समाज सेवामा समर्पित हुनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौ तपाईंको कार्यकालको सुरुवातमै निकै राम्रा उपलब्धी भएको सर्बबिदित छ  र भर्खर् मात्र तपाईंको नेत्रित्वोमा सन्चालित अहिलेको यो  संस्थाले म्याग्दी बासीको लागि परोपकार  एम्बुलेन्स प्रदान गर्दै छ यस्को लागि बेलायतमा रहेको सम्पुर्ण म्याग्दी वासी र नेपालीको  तर्फबाट धेरै धेरै धन्यबाद् तथा बधाई टक्र्याउन चाहन्छौ तपाइको व्यक्तिगत प्रिस्थभुमी बताइदिनु हुन्छकी ? प्राम्भिक शिक्षा, जन्मस्थान आदि इत्यादी ?

फगामी:- मेरो बा ब्रिटिश आर्मिमा हुनु भएकोले म सिङापुरमा जन्मेको हुँ तर मेरो बाल्यकाल र प्राम्भिक शिक्षा म्याग्दीमै भएको हो मेरो घर चाँही बेग वाड न १ मा पर्दछ  २०३९ सालमा एस एल सी दिएपछी केही बर्ष सिक्षण पेसा मा लागे पस्चात ब्रिटिश आर्मिमा भर्ती भई करिब १७ बर्ष ब्रिटिश आर्मिमा जागिर गरि  अवकास प्राप्त गरेपस्चात सान २००२ देखि बेलायत बसे र २००५ देखि अहिले परिवार का साथ् बेलायत बस्दै आएको छू ।

राज्यसत्ता:-समाज सेवामा लाग्ने प्रेरणाको स्रोत ,कसरी यस तर्फ लाग्न उत्प्रेरित हुनुभयो ?

फगामी:- यसको श्रेय मेरो बुवा आमालाई भन्नु पर्दछ मेरो बुवा गाउतिर अदक्ष्य गाविस अदक्ष्य पदमा रहि काम गर्नु हुन्थियो , मेरि आमाले पनि उहाँलाई सहयोग गर्नु हुन्थियो  समाज सुधार, चेतनाको लहर ल्याउन धेरै हिडि रहुनु हुन्थियो त्यसै क्रममा गाऊमा युवा संगठन खोल्दा म सन्स्थापक सचिवको रुपमा काम गर्ने मौका पाएको थिए  त्यहि बाट नै समाज सेवा तीर लागियो तर भर्ती भई सके पछि करिब करिब यस्बात अलग रहनु परेको थियो ।

राज्यसत्ता:-म्याग्दी प्रवासी नेपाली संघ यु के को अवधारना कसरी आयो ?

फगामी:-सन २००२ साल तीर बेलायतमा नेपालीहरू कम थिए , बस्ने राइत् थिएन ,केही आपत कालिन घट्ना घट्ने ,समस्या आदिमा  नेपालीले नेपालीलाई सहयोग गर्ने ,मनोभावना  अनुरुप त्यती बेला  ,यहा केही गर्नु पर्दछ भन्दा केही सानो समाज सुरु गरौ भनि त्यति बेला देखि  जो जो हुनु हुन्थियो ,स -साना जमघट आदिले  समाज भित्रका केही समस्या टार्ने आदि गरिन्थियो ,म पहिले मगर संघ यु केमा सङ्लग्न  भएको थिए । मोना को कुरा गर्दा सन १९९८ तीर म आर्मीमै थिए त्यति खेर  केही साथिहरू  लिलामान सेर्पुन्जा  ,योगेन छेत्री ,कमल पुर्जा ,धुर्ब केसी, प्रबेस के सी, काजु सेर्चन  ,श्याम गुरुङ ,आदी ले म्याग्देली समाज भनेर खुलाएका थिए ,केही कारण बस बीचमा सुचारु रुपले चल्न सकेन पछि बेलायतमा भुपु गोर्खा आउन सुरु गरेपछी सन २००६ साल्तिर दलमान  पुनको अदक्ष्यतामा मोनाको सन्स्थागत सुरुभयो , सुरुवात गरियो म स्पोर्ट्स सेकरेट्री भई काम गरे ।उहाको दुई बर्षको कार्यकाल  पछि  दोश्रो कार्यसमिती रेशम शेर्चनको अदक्ष्यतामा गठित भयो जस्मा म  सचिव थिए र तेश्रो कार्यकालमा अदक्ष्य को पदभार सम्हाली रहेको छू । म्याग्दी जन्म भुमी भएपनि कर्म भुमी बेलायत लाई बनाउने सम्पुर्ण म्याग्देली हरूको सामुहिक संस्थाको अदक्ष्य जस्तो गरिमामय पदको  जिम्मा दिये पछि यो जिम्मेर्वारी निर्बहा गर्दै छू ।

राज्यसत्ता:-हालै मात्र मोनाको एम्बुलेन्स प्रोजेक्ट आएको छ र यो परोपकारी काम उधाहरणिय बनेको छ बेलायत वा अन्य बिदेश्मा बस्ने नेपालीहरूको लागि पनि यस्को अबधारना कसरी आयो ?

फगामी:-मोनाको तेश्रो कार्यसमितीको बैठक बसेपछी आफ्नो जन्मभूमीलाई  केही सहयोग गर्नु पर्छ भन्ने निस्कर्स आएपछी ,पहीले योजना अनुसार् युकेमा म्याग्देली कति छन्  जानकारीको लागि टेलिफोन डारेक्तरी बनाउने काम भयो ,मिदियाको अत्यन्त आवस्यक थानी वेव साईट खोल्ने योजना बन्यो रअर्को  एम्बुलेन्सको महत्वोपुर्ण धारणा आयो।  अहिले म्याग्दी को धेरै जसो भुभागमा मोटर बाटो पुगेको कारण त्यहाका जनताका  लागि भैपरी आउने घट्ना ,दुर्घत्ना दु:ख बिमार आदिको लागि उपचार्थ स्वास्थ्य केन्द्रमा ल्याउने एम्बुलेन्सको अत्यन्त आवस्यक  रहेको महुसुस गरि र म्याग्दी अस्पतालको एम्बुलेन्स पनि जिर्ण अवस्थामा रहेको ले र म्याग्दी बासी हरूको माग  त्यसले धान्न नसक्ने अवस्थाले गर्दा एम्बुलेन्स प्रोजेक्ट को अवधारना आयो दुई एम्बुलेस्न एउटा दर्वाङ रहने गरि र अर्को उत्तरी भेगको लागि भुरुङ तातो पानी रहने गरि योजना आयो र यो योजनामा सम्पुर्ण बेलायत वासी म्याग्देली हरूले ठुलो मन् खोलेर सहयोग गर्नु भयो,हामीले यस्को लागि बेलायत मा रहेका प्रत्यक गा वी स बाट प्रतिनिधि बनाएका थियौ र त्यहि अनुरुप हाम्रो काम भयो यस काममा केही गैर म्याग्दी बासी हरूले पनि सहयोग गर्नु भएको छ,हामी सिक्षामा केही पछाडि परे पनि सामाजिक काम मा हामि निक्कै अगाडी रहेका रहेछौ भन्ने यस प्रोजेक्टको  सफलताले प्रमाणित गरेको छ,यो प्रोजेक्ट को सफलताको लागि सहयोगी हात बढाउने सम्पुर्ण म्याग्देली दाजुभाई दिदि बहिनिहरू सबै यस्का धन्यबाद् र बधाईका पात्र  हुनु हुन्छ ।

राज्यसत्ता:- यो कति बजेटको लागतमा सन्चालन हुन गई रहेको छ ?रकम कसरी उठाउनु भयो कति उठ्यो ?

फगामी:-गावीसमा प्रचार प्रसार गर्यौ व्यग्तिगत रुपमा सहयोग गर्नेहरू ५४ जना आउनु भयो उहाँहरूले ५०,००० रुपया भन्दा माथी दिनु भयो र उहाँ हरूले मात्र करिब ४३ लाख नेपाली रुपया संकलन भयो दुत पुन को सन्योजकत्वोमा च्यारेटी डिनरको आयोजना गर्‍यो   त्यस्मा   निक्कै उत्साहपुर्वक धेरै महानुभावहरू आइदिनु भयो गैर म्याग्देली हरूले पनि केही दिनु भयो  प्रत्यक   गाविसबाट गरि जम्मा रु. ५० लाख  भन्दा माथी उक्कले को छ  खर्च पनि उत्तिकै छ ,प्रचार प्रसार ,टिकट  ,व्यानर ,व्यवस्थापन आदि इत्यादी यस्को लागि दल्मान पुन ज्यु यस्को कोसाद्क्ष्य हुनु हुन्छ उहाँ सँग सम्पुर्ण विवरन भएको कारण कत्ति खर्च  भयो अहिले भन्न सकिन्न,यो प्रोजेक्ट को सम्पुर्ण कार्यक्रम सकिए पछि नै सबै थाहा होला ।

राज्यसत्ता:-सुरुमा २ एम्बुलेन्स बुझाउने कार्यक्रम थियो अहिले तीन एम्बुलेन्स बुझाउने भनिएको छ यस्बारे केही बताइदिनु हुन्छकी ?

फगामी :-यस्मा म के प्रस्ट  पार्न चाहन्छु भने हाम्रो योजना सुरुदेखिनै २ एम्बुलेन्स को थियो ३ वटा कसरी आयो भन्ने जिज्ञासा जनमानस र सदस्यमा आएको थियो । सुरुको  दुई एम्बुलेन्स बेनीलाई नभइकन  म्याग्दीको भौगोलिक क्षेत्रलाई हेरी म्याग्दीको गाउगाउमा बस्ने जनताको सुबिधालाई ध्यान्मा राखेर उत्तरी भेग्मा चाँही भुरुङ तातोपानी र पस्चिम्मा चाँही दर्बाङ मा राख्ने यो हिसाबले अगाडी बढेको र एम्बुलेन्स मर्मतको लागि अक्ष्य कोशको लागि म्याग्दी रेड्क्रस बेनी बाट ५- ६ लाखको अनुरोध् आएको थियो तर हामिले केही भनेका थियेनौ तर हाम्रो ईच्छा थियो र हाम्रो च्यारेती कार्यकरम ,चन्दाता आदिको रकमले २ एम्बुलेस र रेड क्रसलाई ५-७ लाखको अक्ष्यकोश खडा गर्न पुग्ने रकम कताउदा पनि केही रकम  बाँकी रहन आएकोले ,त्यसको सदुपयोगको लागि कुरा उत्थ्दा कसैले डा. महाविर पुनको वाइर्र्लेस्स  प्रोजेक्टको लागि दिने की ?किनकी म्याग्दिकै कति गा वी स् मा टावोर  वा कम्पुयुटर  चाहिएला आदि इत्यादी  भन्ने कुरा आयो भने कसैले  एम्बुलेन्सको रकम  त्यता लगाउनु हुन्न भन्ने कुरा पनि उठ्यो  , वाइर्लेस  प्रोजेक्त राम्रो हो तर यसलाई पछि अन्य योजना बनाउला भन्ने निस्कर्शमा पुगि  अक्ष्यकोशको रकम रेड क्रस अक्ष्यकोसलाई नदिकन त्यस्मा केही रकम थप् गरि अर्को एम्बुलेन्स दिने सल्लाह भयो , म्याग्दी रेड्क्रसले पनि अर्को थप् एम्बुलेन्स को अनुरोध् गरेको थियो उहाँहरूको एम्बुलेन्स पुरानो भैसकेको र म्याग्दी देखि अन्य क्षेत्र पोखरा ,भरतपुर  काठमाडौं आदि लामो दुरिमा जनाको लागि पनि चाहिने भएको महुसुस गरि  बहुमतको अधारमा थप एक गरि ३ एम्बुलेन्स दिने निर्णय भयो ।

यो बेनिमा राख्ने र बेनीको वोरी परिको समुदाएको लागि पनि चलाउन मिल्ने र टाढा दुरिमा विरामी पुर्याउन पनि सहयोग हुने देखि ३ वटा मध्य १ वटा चाँही बेनिमा राखिने छ ,हुन त तीन वोटै एम्बुलेन्स बेनी रेड्क्रसलाई हस्तान्तरन गरिनेछ उहाँ हरूको जिम्मेवारी ।

राज्यसत्ता:-सुन्न मा के आएको छ भने पाखा पानी राखु लगायत्का केही ठाउँ हरूको लागि त्यो दुई एम्बुलेन्सले सहयोग नहुने अभिव्यक्ती उक्त गाविस का प्रतिनिधि हरुबाट आएको र उहाँहरूले यस प्रोजेक्ट लाई सहयोग नगरेको भनिन्छ त्यसैको प्रतिफल स्वोरुप यो तेश्रो एम्बुलेन्स आएको आएको त होईन  केही खुलस्त बताइदिनु हुन्छकी ?

फगामी:- यो सहि हो उहाँ हरुको अशहमती  भएको भन्ने कुरा ,पहिला हामिले २ एम्बुलेन्स प्रोजेक्टको अबधाराना आइसके पछि कुन ठाउमा दिने भन्ने विसयमा व्यापक छलफल पछि दर्वाङ र भुरुङ तातोपानी दिने निर्णय भएको थियो पछि राहु घाट सेरो फेरो को बाट असहमती रहेको भन्ने  सुन्नमा आयो तर उहाँ हरूले हाम्रो बैठकमा केही कुरा उठाउनु भएन पछि यो कुरा निकाल्नु भएको रहेछ् सबै पारित भैसके पछि ।र त्यहि असुन्तुस्तीको करण तेश्रो एम्बुलेन्स आएको चाँही होईन किनकी पैसा थोरै भएको भए एम्बुलेन्स फेरि किन्ने योजना थिएन तर रकम अली बढी भएको कारण कसरी सदुपयोग गर्ने भन्दा अर्को एम्बुलेन्स किन्ने निर्णय भएको हो र यस्ले उहाँ हरूले चाहे जस्तो पनि भएको छ खुशी मान्नु पर्छ हामि सबैले, म्याग्दिबासी हरूले र आशा छ उहाहरुबाट पनि सहयोग हुने नै छ ।   

राज्यसत्ता:- कार्यक्रमको लागि कति जना लागि रहनु भएको छ ?

फगामी :-कार्यक्रमको सन्योजकत्वोमा मोना यु के का कमल पुर्जा हुनु हुन्छ,४५ जनाको प्रोजेक्ट कमिटी बनाइएको छ ,यस्मा सन्स्थापक अदक्ष्य ,भु पु अदक्ष्य ,प्रत्यक गा वी स का अदक्ष्य,प्रतिनिधि ,भु पु माननिय ,सरक्षक,आर्मी अफिसर हरू,म्याग्दिका डाक्टर हरू डा. सुमिन्द्रा पुन , डा. अनिल पुन डा. गजेन्द्र पुन , डा. चजिन्द्र राना आदि यस्को सदस्य हुनु  हुन्छ ,सबै गर्दा ७५ देखि ९० जना जती हुनु हुन्छ तर चन्दा संकलन गर्ने ,चन्दा दिने  हरेक गा वी स का सदस्य,प्रतिनिधी अथवा भनौ बेलायत बासी प्रत्यक म्याग्दिली हरूको  सहयोगमा सन्चालन भएको हो भन्दा हुन्छ प्रत्यक म्याग्देली हरूको संयुक्त  योग्दानमा  धेरै थोरै ,प्रत्क्ष्य अप्रतक्ष्य रुपमा बेलायत वासी सम्पुर्ण म्याग्देली हरूको योग्दान्मा  सम्पन्न भएको छ ।

राज्यसत्ता :-भविस्यको अन्य योजना ?

फगामी:-हामीले सुन्नमा आए अनुसार् म्याग्दी अस्पताल पनि जिर्ण अवस्थामा रहेको थाहा हुन आएको छ त्यस्को लागि केही भौतिग सहयोग अस्त्रलियामा रहेका म्याग्देली हरूले  सहयोग पुर्‍याउनु भएको रहेछ् ,त्यस्तै कोरिया ,हङ्कङ आदिले आ-आफ्नै तरिकाले सहयोग गरिरहनु भएको छ,हाम्रो तत्काल एम्बुलेन्स को लागि मर्मत सन्भारको लागि केही गर्न सक्छौ तुरुन्तै अर्को योजना छैन् ,एम्बुलेन्स हस्तान्तरण  गरिसकेपछी 

सम्पुर्ण विवरन सन्कलन गरिने छ ,एम्बुलेन्स प्रोजेक्तको खाता बन्द गर्छौ र अर्को योजनाको लागि अगाडी बढ्ने छौ त्यो योजना जनसमुदयको ईच्छा अनुसार् तय गरिने छ । बेलायतमा आएर धेरै दु:ख गरे पनि धन मन भएको म्याग्देली हरू रहेछौ ७५ जिल्ला मध्य  दुर्गम भैइकन पनि हामि सामाजिक काममा ,परोपकारी काममा  धेरै अगाडी रहेछौ हामिले गौरव गरेका छौ, एउटा जिल्ल्लाले एकै पटकमा  ३ वटा एम्बुलेन्स दिएको चाँही पहिलो हो यस्ले के देखाउछ भने म्याग्देली हरूले समाज सेवाको नीम्ति केही गर्न चाहेमा जस्तो सुकै ठुलो काम पनि सम्भव हुने  रहेछ् भन्ने प्रमाण भएको छ  बिदेश्मा बस्ने सबै नेपालीहरुमाझ  उदाहरण प्रस्तुत भएको छ ।

राज्यसत्ता:-मोना एक सामाजिक संस्थाको रुपमा स्थापित छ म्याग्दी वासीको लागि समर्पित संस्था ,तर यहा के पनि हल्ला चलेको सुनिएको  छ  भने यो  कसैको व्यक्तिगत स्वार्थको लागि, राज्नैतिक उदस्यकोलागि लागि  परेको  वा सन्चालित छ भन्ने सुनिन्छ र त्यहि योजना अनुरुपनै यो एम्बुलेन्स प्रोजेक्त पनि आएको हो भन्ने सुनिन्छ यस्को बारे केही प्रस्ट पारी दिनु हुन्छ की ?

योग कुमार फगामी :-यो सरासर झुट हो प्रत्यक  बेलायतबासी म्याग्देली हरूले गरेको योग्दान दु:ख माथी को हेल्चक्राई  बुझिन्छ ,आफु राम्रो बन्न लाई गरिएको भन्ने केही प्रमाण भेतिए केही क्षनिक  स्वार्थको लागि मात्र हुने छ तर यो अवस्य सत्य होईन ,  प्रमानित पनि हुन्न किनकी यो संस्था एक दुई बर्षको लागि होईन यो सम्पुर्ण म्याग्देली ,नेपालीहरूको साझा संस्था हो ।  यो राजनैतीक रुपमा ,धार्मिक आदि स्वार्थमा सन्चालित संस्था होईन , बिसुद्द  सामाजिक संस्था हो ,हाम्रो म्याग्दी हाम्रो गौरव भन्ने सबैले बुझ्नु पर्दछ ,त्यती मात्र नभैकन हाम्रो आदर्श चामलको पैचो  पिठोले तिरौ हो  ,यही भावना अनुरुप बेलायतवासी सम्पुर्ण म्याग्देली हरूको संयुक्त  योजनामा तयार पारिएको कार्यक्रमलाई कुनै व्यक्ति ले  यस्को फाईदा लिन खोज्छ आफू राम्रो हुन खोज्छ भने त्यो गल्ति हुने छ र यसो भएको छ भने  रोक्ने छौ र त्यस्तो गर्न दिने  छैनौ ।

राज्यसत्ता:- नेपाल मा अहिले संबिधान बनाउने तर्खर भैरहेको छ ,निक्कै राजनैतीक उथल पुथल हुदैछ ,देश संघियतामा जाने कुरामा बादविवाद चली रहेको छ, मोना यु के को अदक्षयको  नाताले अहिले भई  रहेको राजनैतीक घट्ना क्रम लाई कसरी हेरी रहनु भएको छ ?

फगामी:-म्याग्दी प्रवासी नेपालि संघ यु के को अदक्ष्यको नाताले र नेपाली भएको नाताले एउटा सम्रिध नेपाल् बनोस् सम्पुर्न नेपाली , जुन सुकै जात जाति धर्म ,समुदाय,सन्स्क्रिती ,बर्ग आदिको मन  छुने संबिधान बनोस् , सबैको अधिकार सुनिस्चित होस् ,हामि नेपाली भएर  नेपालीले पाउनु पर्ने सबै नेपालीलाई फाईदा पुग्ने संबिधान हुनु पर्दछ ।

राज्यसत्ता:- अन्तमा राज्यसत्ताको तर्फबाट बेलायत बासी  म्याग्दीले लगायत सम्पुर्ण शुभचिन्तक नेपालीहरूको लागि केही भन्नु हुन्छ की ?

फगामी:-सर्व प्रथम त म सम्पुर्ण शुभचिन्तक हरूलाई धन्यबाद् दिन चाहन्छु म बिरामी हुँदा स्वास्थ्य शिघ्र लाभको कामना गर्नु भयो र आज यस शुभ कार्यक्रम् सम्पुर्ण बेलायत वासी  म्याग्देलीहरूको को कार्यक्रम् को देश् तथा बिदेश्मा बस्ने नेपालि हरूले पढुन , हेरुन ,जानुन भन्ने उदस्यले  राज्यसत्ताले  केही भन्ने मौका दिनु भएकोमा म लगायत मेरो कार्यसमितीका तर्फबाट ,यस एम्बुलेन्स प्रोजेक्ट समितिको तर्फबाट,सम्पुर्न बेलायत वासी म्याग्देलीको तर्फबाट  धन्यबाद् टक्र्याउन चाहन्छु ।  कार्यक्रम् सफल भयो यस कार्यक्रम्लाई सफल पार्ने  सम्पुर्ण बेलायतवासी  म्याग्देली ,गैर म्याग्देली ,यस कार्यक्रम्मा आबध्ह संघ संस्था,सदस्यहरू, मिडिया, पत्रकार साथिहरू आदि ,सम्पुर्णलाई यसै अन्लाइन पत्रिका मार्फत धन्यबाद् टक्र्याउन चाहन्छु ।

प्रस्तुति :-चजिन्द्र राना मगर

भक्त रोका मगरको सहयोगमा 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %