दलित सम्बन्धी अध्ययनका लागि देशव्यापी मेला

Read Time:1 Minute, 40 Second

दलितसम्बन्धी विभिन्न खोज अनुसन्धानका लागि देशका मूख्य शहरमा मेला सन्चालन हुने भएको छ । आगामी चैत २ गते, विराटनगरमा चैत ४ गते, हेटाँडामा चैत २५ गते, धनगढी र चैत २७ गते बुटवलमा हुन गइरहेको ‘दलित सूचना मेला-२०६८’ मा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ ।

पहिलोपटक हुन लागेको दलित सम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको प्रदर्शनी गर्ने उद्देश्यले मुलुकका मुख्य सहरमा हुन लागेको ‘दलित सूचना मेला-२०६८’लाई सफल पार्न दलित सङ्घसंस्थाले सहकार्य गर्ने भएका छन् ।

मेलाको तयारीका लागि फागुन १७ गते भएको छलफलमा दलित अधिकारकर्मी गणेश विके देउल्यालले मेलालाई भव्यरुपमा सम्पन्न गर्न सबै क्षेत्रका समुदायलाई समेट्नुपर्ने सुझाव दिए । छलफलमा दलित अगुवा मोतीलाल नेपाली र दलित गैरसरकारी संस्था महासङ्घका सचिव तथा जनउत्थान प्रतिष्ठानका अध्यक्ष अमृत विश्वकर्माले कला र साहित्यक्षेत्रमा यस्ता प्रदर्शनीले ठूलो महत्व राख्ने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा ग्रामीण क्षेत्रमा समेत आयोजना गरिनुपर्नेमा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %