नयाँ राज्यसत्ता साप्ताहिकका दिवगंत संस्थापक सम्पादक पाटा मगरको सम्झना

Read Time:2 Minute, 38 Second

पत्रकार देवबहादुर पाटाको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजले पत्रकार पाटाको सम्झनामा फागुन १४ गते स्मृतिसभा गरेको हो । स्मृतिसभामा वोल्ने बक्ताहरुले देवबहादुर पाटाले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा वोल्दै अनिजका केन्द्रिय सदस्य सरु रानाले कठिन परिस्थितिमा पनि देवबहादुर पाटाले पत्रकारितामा दिएको योगदानको सराहना गरिन ।  नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिपक ज्ञवालीले पाटाले पत्रकारिता क्षेत्रबाट समाजलाई दिएको योगदानकै कारण अहिले पनि सवैले सम्झिरहेको बताए ।

कार्यक्रममा प्रेस चौतारी रुपन्देही शाखाका अध्यक्ष प्रदीप आचार्य आदिवासी जनजाति पत्रकार संघ अनिजका क्षेत्रीय संयोजक लोकनेश ढँेगा मगर लगायतले देव बहादुर पाटाले समाजलाई अतुलनीय योगदान दिएको धारणा राखे ।

अनिज रुपन्देही अध्यक्ष भीम गुरुङको अध्यक्षता सचिव टेक बहादुर मास्की रानाको साचालन र उपाध्यक्ष हिक्मत चौधरीको स्वागतमा कार्यक्रम भएको हॊ । तीन बर्ष अघि पाटाको बुटवलको राजमार्ग चौराहामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

बुटबलबाट हरेक  शनिबार प्रकाशित नयाँ राज्यसत्ता साप्ताहिक तथा राज्यसत्ता ैमासिकका प्रधानसम्पादक पाटा मगर बुद्ध सन्देह साप्ताहिक रेडियो लुम्बिनीबाट प्रसारित मगर भाषाको कार्यक्रम मिन्हाम गोराक लगायतका सच्चार माध्यमसँग आवद्ध रहेका थिए । कानुन पृष्ठभूमिबाट आएका पत्रकार पाटा समाज सेवामा समेत उत्तिकै सकि्रय थिए । पाल्पामा जन्मेका उनका श्रीमती र छोरीहरु बुटवल नगरपालिका वडा नम्बर ४ मा बस्दै आएका छन् ।

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %