संगमटोलको संगम क्लव राष्ट्रिय क्लवमा उक्लियो

Read Time:5 Minute, 35 Second

पोखरा, १२ फागुन

मोफसलमा पोखराबाट पहिलो पटक राष्ट्रिय ए डिभिजनमा उक्लिएको पोखरा संगमटोलमा रहेको संगम क्लबले सुक्रबार एक समारोहका विच क्लबलाई सहयोग गर्नेदाताहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटवल संघ एन्फा कास्कीका अध्यक्ष खेमहादुर गुरुङ, सहारा क्लबका अध्यक्ष विक्रम थकाली ,क्लबका अध्यक्ष मनि प्रसाद गुरुङले क्लबलाई सहयोग गर्नेदाताहरुलाई प्रंशसा पत्रको साथमा खादा तथा अविर लगायर सम्मान गरेकाथिए । जिल्ला, क्षेत्र हुदै राष्ट्रिय ए डिभिजनमा उक्लिएको क्लब हालै सम्पन्न भएको रेडवुल राष्ट्रिय ए डिभिजनमा नवौं स्थानमा रहेको छ ।

क्लबले ए डिभिजनको नवौं स्थान सम्म आईपुग्दा ९ लाख ९१ हजार खर्च भएको क्लबका सचिव विवेक गुरुङले बताए । क्लबलाई स्वदेश तथा विदेशबाट ब्यतिm तथा बिभिन्न संघ संस्थाहरुको सहयोगले क्लबले १८ लाख ५८ हजार संकलन गरेको क्लबले जनाएको छ । बांकी रकम ८ लाख ६७ हजार रुपैया फुटवल खेलको विकासमा खर्च गरीने क्लबका उपाध्यक्ष मेहन्द्र गुरुङ मायाले बताउनु भयो । उहाँले आउदो चैत्र महिना देखि जुनियर खेलाडी सहित आफ्नो टोलीलाई प्रशिक्षणमा राख्ने बताए । ए डिभिजनमा २० खेलाडीहरु रहेका छन भने १० जना जुनियर खेलाडीहरुलाई एकेडेमिको रुपमा राख्दै छ । मुख्य प्रयोजक क्याराभान ग्रुप तथा लोकेन्द्र प्रकास राजभण्डारीबाट ३ लाख, सहप्रयोजक कपदन पोखरा रियल स्टेटका प्रोपाईटर दिनेश श्रेष्ठबाट एक लाख ५० हजार, संगम क्लब हङकङबाट ३ लाख ५५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको छ ।

क्लबका पुर्व अध्यक्ष हाल हङकङमा रहनु भएका प्रकाश गुरुङ, तथा अन्य सल्लाहकार विकास गुरुङ, कुमार गुरुङ, खमबहादुर गुरुङ, विल तामाङ, राजेन्द्र गुरुङ, राजु गुरुङ, विशाल गुरुङको नेतृत्वमा रकम संकलन भएको हो भने उनीहरुबाट एकलाख ५५ हजार ५ सय ५५ संकलन भएको हो । हङकङमा रहनु भएका अन्य सदस्यहरु अनोज गुरुङ, दिपक गुरुङ, हिमाल राना, सुर्य गुरुङ, शिशिर गुरुङ, तारा धनमाया, लाल भक्त गुरुङ, सागर गुरुङ, मोति गुरुङ, मिन सुजन गुरुङ, बद्री गुरुङ, रन्जन गुरुङ, धनबहादुर कान्छा, अर्जुन गुरुङ, धर्मेन्द्र गुरुङ, जवानसिंह गुरुङ, चेतन गुरुङ, युवराज गुरुङ, जोन गुरुङ र निरजंग गुरुङबाटगरी २ लाख संकलित रकम क्लबलाई प्राप्त भएको हो । एन्फा कास्कीले ५१ हजार, ईन्द्रमान गुरुङ भानु र राजु केसीबाट ५१ हजार, पोखरा दिपका लक्षिन गुरुङबाट ३० हजार, मनकामना पेट्रोलपम्पका सुनिल गुरुङबाट २५ हजार, विमल बस्यालबाट २५ हजार, सहारा क्लबबाट २५ हजार, भरत केसीबाट ३० हजार सहयोग प्राप्त भएको छ ।

त्यसै गरी संगम टोलका केशव नेपाली, तिलक गुरुङ, विरेन्द्र गुरुङ, भद्रकालीचोकबाट खुसिमान गुरुङ, कठमाण्डौका हेलन गुरुङ, सितलादेविका टिका कार्की, लेकसाईडबा विनोद श्रेष्ठ, रानीपौवाका खेमबहादुर गुरुङ, पृथ्वीचोकबाट हिमसागर काफ्ले, जिल्ला खेलकुद विकास समिति कास्की, लेकसाईडका जगदीश गुरुङ, एबीसी क्लब, नेपाल आर्दश बोर्डिङ स्कुल, भदैकालीचोकबाट भरत गुरुङ लगायतका ब्यति एवम संघ सस्थाबाट क्लबलाई सहयोग रकम प्राप्त भएको क्लबका सहसचिव शिव नेपालीले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्दै एन्फा कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले क्लबलाई सहयोग गनुहुने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यबाद दिदै क्लबले दिगो रुपमा आम्दानीको श्रोत खोजेर आफ्नो खेल गतिविधिलाई निरन्तरता दिन सुझाव दिए । क्लबका अध्यक्ष मनिप्रसाद गुरुङले आफुहरुलाई प्रत्यक्ष एवम अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्र्ण महानुभाव प्रति धन्यवाद ज्ञापन गरे ।

दिननाथ बराल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %