ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले जातीय राज्य भएन भने देशमा हिँसा बढ्ने बताएका छन् । प्राय जसो गैरजनजाति नेताहरु जातीय राज्यको विपक्षमा देखिएको बेला बोगटीले नुवकोटको सीता माविको ५१ औं वार्षिकोत्सव उदघाटन गर्दै यस्तो धारणा राहेका हुन । बोगटीले अहिले प्रस्तावित संघीयताको ढाँचालाई जातीय भने पनि श्रमजीवी र शोषित पीडित जनताका लागि प्रस्ताव गरिएको बताए ।
कार्यक्रममा मन्त्री बोगटीले अन्य दलले संघीयताको विरोधको नाममा २०४७ सालको संविधान ब्युँताउन खोजेको उल्लेख गरे । एमाओवादीले उठाएको सङ्घीयताको मूलभूत अवधारणा पन्छाएर अन्य दलले पुरानो संविधान ल्याउन खोजेको भन्दै उनले नेपालमा संघीयता अपरिहार्य भएको धारणा राखे ।
नेपाल जस्तो बहुजातीय बहुसांस्कृतिक बहुभाषिक देशमा केन्द्रिकृत शासन व्यवस्था अव्यहारिक हुने बोगटीको भनाई थियो ।
