खातामा ४२ लाख तर उपचारकै चिन्ता

Read Time:2 Minute, 45 Second

महँगॊ र जटिल खालको उपचार गराइरहेकी बर्दिया जिल्लाकी ११ बर्षिया बालिका सरिता डिसीको खातामा ४२ लाख रुपैयाँ छ तर पनि उनले भरपर्दा उपचार पाइरहेकी छैनन् । शरीरमा रगतमा प्लटरेस नबन्ने रोग सरितालाई भएपछि कान्ति बाल अस्पताल काठमाडौंमा महँगो रकम तिरेर रगत दिइदै आएको छ । मासिक एक लाख ७५ हजार रुपैयाँ उपचारका क्रममा खर्च हुन्छ ।

सरिताको नाममा नेपाल स्थित हिमालयन बैंक महाराजगाजको खाता नं ००२०३६९०८२००१९ मा जसले पनि सहयोग गर्न सक्छ । विदेशमा बस्ने नेपालीहरु र संघसस्था साथै स्वदेशबाट समेत गरि सरिताको खातामा ४२ लाख रुपैयाँ जम्मा भैसकेको छ । सरिताको परिवार अझपनि छोराीको उपचार खर्च कति लाग्छ भन्ने निश्चित नहुदा सहयोग जुटाइरहेको छ ।  डाक्टरहरुले समेत यो रोग कसरी पूर्ण रुपमा निको हुन्छ भन्न सकिरहेका छैनन् । छोरीलाई कहाँ लगेर उपचार गर्ने भन्ने थाहा नहुदा सरिताकी आमा अहिले अन्यौलमा छन् ।

रगत नबन्ने आइटीपी रोगबाट विगत तीन बर्षयता पीडित छोरीको चिन्ताले आमा इन्द्रा डिसीको भोक प्यास नै हराएको छ । उनको उपचारमा हालसम्म १५ लाख भन्दा बढि खर्च भैसकेको छ ।

बालिकालाई बेलायतबाट १ लाख २८ हजार सहयोग

बेलायतमा काम गर्ने धरान निवासी विश्वास राई निता गुरुङ्ग मिन थापा र गणेश इजमको अगुवाइमा कम्पनीमा कार्ययत् नेपालीहरुले एक लाख २८ हजार रुपैयाँ सरितालाई सहयोग गरेका छन् । उक्त रकमको चेक ९ फागुनमा सरिता र उनकी आमा इन्द्रालाई राजन जोशी र पत्रकार डम्बरकृण्ण श्रेष्ठले एक कार्यक्रमकाबीच हस्तारन्तरण गरे । नेपाल टेलिभिजनको उज्यालोतिर कार्यक्रममा प्रसारित समाचारको इ टियुव भिडियो हेरेर उक्त रकम संकलन गरिएको हो ।

विदेशमा बस्ने नेपालीले रगत पसिना बगाएर संकलन गरि पठाएको रकमले नै अहिलेसम्म छोरीको ज्यान बचेको र थप सहयोगको समेत यसै गरि प्राप्त हुने आशा उनले गरिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %