स्थानपति निमाविलाई २१ लाख सहयोग गर्नेहरु

Read Time:4 Minute, 58 Second

स्थानपति निमावि खिलाङ्गले आफ्नो स्वर्ण महोत्सवको अवसरमा साढे २१ लाख रुपैयाँ आर्थिक संकलन गरी मंगलवार एक समारोहवीच महोत्सवको समापन गरेकॊ छ । २०१७ सालमा स्थापित कास्कीको पार्चे गाविसमा रहेको विद्यालयमा माध्यमिक तहको कक्षा संचालनका लागि देश विदेशबाट उक्त सहयोग रकम प्राप्त भएको हो ।
 
फागुन ९ गते सम्पन्न महोत्वसबाट रु २१ लाख ५४ हजार ६ सय १५ सहयोग प्राप्त भएको महोत्सव संयोजक डिलवहादुर गुरुङ्ग बताउँछन् । विद्यालयलाई खिलाङ्ग तमु समाज युकेबाट ७ लाख ४ हजार र युकेमा रहेका प्रकाश गुरुङ्ग ३० हजार, गुमन ध्वोज गुरुङ्ग ५० हजार ५१ चन्द्र वहादुर गुरुङ्ग ३० हजार, टेकवहादुर गुरुङ्ग इलाज ५० हजार, हिमवहादुर गुरुङ्ग ५० हजार, यमप्रसाद गुरुङ्ग २५ हजार, देवीशोभा गुरुङ्ग १० हजार, ७ गमवहादुर गुरुङ्ग २० हजार र यमवहादुर गुरुङ्ग र उहाँकी श्रीमती रुपा गुरुङ्गबाट २५ हजार रुपैया विद्यालयलाई प्राप्त भएको आर्थिक संयोजक शेरवहादुर गुरुङ्गले जानकारी दिए  ।  
विद्यालयलाई खिलाङ्ग तमु समाज पोखरा खिलाङ्ग गाउँ पार्चे चिप्ली सिक्लेस ताङतिङ तप्राङ्ग लगायतका वरिपरीका गाउँबाट ७ लाख ४ हजार ४ सय ६७ रुपैया प्राप्त भएको छ । जापानमा रहेका क्लवका भूपु अध्यक्ष झलकवहादुर गुरुङ्ग, कर्णवहादुर गुरुङ्ग र लोकमान गुरुङ्गबाट प्रतिव्यक्ति २०\२० हजार र डिलसुब्बा गुरुङ्ग क, डिल सुब्बा गुरुङ्ग ख र तारा गुरुङ्गबाट प्रतिव्यक्ति १०\१० हजार र बेलराज गुरुङ्गबाट ५ हजार हङकङकमा रहनुभएका भिम गुरुङ्गबाट २५ हजार ५१ गिता गुरुङ्गबाट ५ हजार ५ रुपैयाँ विद्यालयलाई प्र्राप्त भएको हो ।
 
‘सुनौलो भविष्यको पुकार शिक्षा नै हो आधार’ भन्ने मुल नाराका साथ तीनदिनसम्म आयोजित महोत्सवमा मकाउबाट जंग गुरुङ्ग मिन गुरुङ्ग र सन्तको कान्छाबाट एकमुस्ट ५० हजार इराकबाट धन वहादुर गुरुङ्ग र कमान िसंह गुरुङ्गबाट ३० हजार र साउदी आरबबाट गुन्जमान गुरुङ्गले नगद ५ हजार १ सय ११ रुपैया सहयोग गरे  ।
 
महोत्सवबाट प्राप्त रकमले विद्यालयमा गरिव तथा जेहेन्दार र अल्पसंख्यक विद्यार्थीहरुको लागी छात्रवृति स्थापना गर्ने विद्यालयमा आधारभुत कम्युटर शिक्षा संचालन प्राथमिक स्वास्थ्य सेवाको व्यवस्था गर्ने लगायतका कामहरुमा खर्च गरीने अर्थ संकलन उपसमितीका संयोजक गोलमान गुरुङ्गले बताए ।
 
यसअघि विद्यालयको महोत्सवमा गुरुङ्गहरुको लोपोन्मुख घाटु प्रदर्शन गाउँस्तरिय झाँकी तथा पाचेबाजा प्रस्तुति र विद्यालय तथा समाजमा विशेष योगदान पुर् याउनेहरुलाई सम्मान एवम् अन्य विविध कार्यक्रमहरु भएका थिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केश वहादुर गुरुङ्गको अध्यक्षता र आदिवासी जनजाति समन्वय परीषद कास्कीका उपाध्यक्ष मन वहादुर गुरुङ्गको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक यम वहादुर गुरुङ्ग थन्कु देउराली युवा क्लवका अध्यक्ष दिल्ली िसं गुरुङ्ग आमा समुहका अध्यक्ष देउकाउरी गुरुङ्ग पार्चे वडा नम्वर ३ का आमा समुहका अध्यक्ष माया देवी गुरुङ्ग श्रीप्रसाद गुरुङ्ग टिकाराम गुरुङ्ग र पार्वती गुरुङ्ग लगायतले वोल्नुभएको थियो ।

देवी जंग तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %