म्याग्दी जिल्लको शिख लहेनीमा चौँरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । नांगी र पाउद्वार संयुक्त चौँरीपालक कृषक समूहद्वारा आयोजित मेला फागुन ९ गते शुरु भएको हो । मेलामा जडिबुटीयुक्त चरन क्षेत्रमा पालिएका चौँरीगाईको आलो रगत औषधिका रुपमा बिक्री गरिने आयोजकले जनाएको छ ।
पाँच दिनसम्म चल्ने मेलामा यासा्रगुम्बा, निरमसी, पाँचआँैले, जटामसी लगायतका जडिबुटी पाइने बुकी क्षेत्रमा चरेका चौँरीगाईको आलो रगतमा रोग प्रतिरोधात्मक र शारीरिक स्फुर्ति दिने तत्व पाइने भएकाले फागुन र साउनमा त्यहाँ मेला आयोजना गरेर चौँरीको रगत निकाल्ने चलन छ ।
चौँरी गाईको रगत पिउँदा ग्यास्ट्रिक गानोगोलालगायत चिसोका कारण हुने रोगका साथै यौन दुर्बलताको समस्या समाधान हुने जनविश्वास छ ।
