मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले गैरकानुनी तरिकाले अकूत सम्पत्ति कमाएको सर्वोच्च अदालतको ठहर छ । अदालतले उनलाई फागुन १० गते १८ महिना कैद र १ करोड ६८ लाख १९ हजार ८५६ रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले गुप्तालाई सार्वजनिक पदमा हुँदा रु ८४ लाख ९ हजार ९२८ बराबरको सम्पत्ति आर्जन गरेको ठहर गरेको हो । सूचना तथा सन्चारमन्त्री समेत रहेका गुप्ता अदालतमा आत्पसर्मण गर्न गएकाले २० प्रतिशत सजाय छुट पाउने भएका छन् ।
कारागार जाँदा जाँदै उनले आफ्नो राजिनामा प्रधानमन्त्रीसम्म पुर् याईदिन सन्चारकर्मीलाई आग्रह गरे । दोषी ठहर भएपछि कानुनत: गुप्ताको सभासदर मन्त्री पद दुवै स्वत: गुम्नेछ ।
