अर्थ मन्त्री वर्षमान पुनले सेनालाई विवादमा नतान्न दलहरुलाई आग्रह गरेका छन् । राजधानीमा फागुन ८ गते आयोजित कार्यक्रममा बोल्दै उनले समायोजनको सवालमा नेपाली सेनाले सरकारलाई प्रस्तुत गरेको कार्ययोजनालाई लिएर विवाद नर्गन आग्रह गरेका हुन ।
मन्त्री पुनले विभिन्न बहानमा सेनालाई विवादमा तान्नु नै नाजायज भएको बताए । सेनाले सरकारको निर्देशनअनुसार नै समायोजनको प्रारम्भिक कार्ययोजना पेस गरेको हो उनको दाबी छ । सेनाको प्रतिवेदनको विषयलाई लिएर आकाश नै खस्छ भने जसरी विवाद गर्नुको कुनै तुक नरहने उल्लेख गरे । 
एमाओवादी लडाईकालमा माओवादी लडाकुका कमाण्डर हुँदै सो पार्टीका सैन्य इनचार्ज समेत भईसकेका मन्त्री पुनले एकाएक सेनाको बचाउ गरेका हुन । माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको निर्णय अनुसार नै प्रधानमन्त्री डा बाबुराम भट्टराईले सेना समायोजनको कार्ययोजना पेस गर्न प्रधानसेनापतिलाई निर्देशन दिएको उनको दाबी छ ।
कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका बीचमा सेनाको पद मिलानको विषयमा सहमति हुनेबित्तिकै सबै प्रकि्रया अगाडि बढ्ने आश्वासन दिए । शान्ति प्रकि्रया अगाडि नबढ्दासम्म संविधान निर्माणको काम सुरु नहुने तर्क गर्ने काँग्रेस र एमाले समायोजनको काम अगाडि बढाउन नचाहेको कारण के हो आफूले बुझ्न नसकेको मन्त्री पुनको भनाई थियो ।
