संवैधानिक राष्ट्रपति जातीय राज्य विरुद्ध बोल्न थाले

Read Time:4 Minute, 22 Second

राष्ट्रपति डा. रामबरण यादबले राज्यको पुर्नसरचना गर्दा बैज्ञानिक ढंगले गर्नुपर्ने बताएका छन् । नेपाल हरेक जाति, भाषा, सस्कृति रहनसहन र भौगोलिक हिशाबले विविधतायुक्त मुलुक भएकाले यसको पुर्नसंरचना गर्दा सबैलाई समेट्नु पर्ने उनको भनाई छ । पाल्पामा पश्चिामाचल स्तरिय औधोगिक ब्यापार मेला, कृषि प्रदर्शनी एबं पर्यटन महोत्सबको उद्घाटन गर्दे उहाले यहाँको सम्पदा, भुगोल, आर्थिक सम्भाब्यता सबैलाई हेरेर मात्रै राज्यको पुर्नसंरचना हुनपर्ने बताए ।

 
घुमाउरो पारामा राष्ट्रपति यादबले जातीय राज्यको बिरोध गरेका छन् । हेलीकप्टरमा आउँदा स्थानिय बिकास मन्त्री टोपबहादुर रायमाझीले आफु  जातिय राज्यको बिरोधी भएको बताउदा निकै खुसि लागेको जानकारी दिए । ‘राष्ट्रप्रमुखको हैसियतले मैले जातिय राज्य हुनुपर्छ या हुनुहुदैन भन्न मिल्दैन’ उनले भने । देशको एकता अखण्डता सार्बभौमिकता सम्प्रदायको सद्भाब लाई एकतामा बाढेर अगाडि लैजानु अहिलेको चुनौती  भएको उनको दाबी छ । देश र जनतालाई बुझेको नेता भएमात्रै नेपालको बिकास संभब भएको बताउदै उहाले ६०१ सभासदहरु मध्ये तराईकालाई पहाड र पहाडका सभासदलाई तराई घुमाउनु पर्ने बताए ।

कार्यक्रममा स्थानिय बिकास मन्त्री टोप बहादुर रायमाझी सरकारका मुख्य सचिब माधब घिमिरे लगाएतले मेलाको सफलताको सुभकामना दिए ।
 
पाल्पाको तानसेनमा जारी ‘पश्चिमान्चल औद्योगिक ब्यापार मेला, कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव २०६८’ १३ गतेसम्म जारी रहने छ । पाल्पा उद्योग वाणिज्य संघ पाल्पा मुख्य आयोजक रहेको महोत्सवमा स्थानीय स्तरका कृषि, वनजन्य उत्पादन र पश्चिमान्चल क्षेत्रका उद्यमीहरुको स्टलहरु रहेका छन् । सुचना प्रविधि अटोमोवाइल्स बैंक वित्तिय संस्था, महिला तथा कुटिर उद्यमी बहुराष्ट्रिय राष्ट्रिय प्रतिष्ठानहरुका २ सय ५० स्टल रहेका छन ।

महोत्सवको प्रमुख आर्कषकको रुपमा कृषि प्रदर्शनी रहेको छ । कुडुले घर  खुदो पेल्ने कोल आर्कषका रुपमा रहेका छन् । महोत्ससवमा दुई लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव चार करोड बरावरको कारोवार हुने लक्ष लिएको मुल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैजूले बताउनु भयो ।महोत्सबमा लोकनृत्य प्रतियोगिता बालप्रतिभा र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।
 
पाल्पाका पर्यटकीय स्थलहरु श्रीनगर डाडा रानी महल भैरवस्थान रीडी लगायतका क्षेत्रको हवाई उडान द्धारा अवलोकन गर्ने व्यवस्था मिलाईएको छ । महोत्सववाट हुने आम्दानी मध्येबाट पर्यटन क्षेत्र अन्र्तगत पाल्पामा हवाई मैदान संभाव्यता अध्ययनका साथै ऐतिहासिक धार्मिक साँस्कृतिक र पर्यटन क्षेत्रको संरक्षण प्रर्वदन तर्फ ६५ प्रतिसत संस्थागत विकास तर्फ १५ प्रतिसत तानसेन नगर सरसफाइ तर्फ १० प्रतिसत र उद्यमी व्यवसायीको प्रर्वदनात्मक कार्यक्रमका लागि १० प्रतिसत छुट्याउने आयोजकले जनाएको छ ।
देव पचभैया, पाल्पा
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %