बोक्सी आरोप लगाएर एक जानजाति महिलाको विनाकारण हत्या भएकोप्रति राष्ट्रिय महिला आयोगले विरोध जनाएको छ । चितवन बघौडा-२ की ४० वर्षीया ढेगनीदेवी महतोलाई बोक्सीको आरोपमा फागुन ५ गते कुटपिट गरेर हत्या गरिएको थियो ।
यसअघि पनि पश्चिम नेपालमा वाहुन क्षेत्री मिलेर एक थारुलाई बोक्सोको आरोप लगाएर मारिएको थियो । बोक्सी बोक्साको आरोपमा देशभरी आदिवासी जनजाति मधेशी र दलित मारिएका छन् । तर सरकारले दोषीलाई कारवाही गरेको छैन ।
अरु त अरु ‘बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०६७’ अझै पारित गरेको छैन । बोक्सीको बाहनामा दलित जनजाति मार्न विद्येयक पारित नगरेको बुझ्न गाह्रो छैन ।
