युएईमा नेपाली रिङ टोन धमाका

Read Time:1 Minute, 45 Second

म्यूजिक नेपाल डिजिटल प्लेटफर्म अन्तर्गत विभिन्न पार्टनर कम्पनीहरुका चर्चित गीतहरुका डिभिडि संग्रहका गीतहरु खाडी मुलकमध्ये युएई र कतारलाई मध्यनजर गर्दै अब मलेशिया कोरिया र जापानमा आरविटीद्धारा लोक संगीत र मोबाइलमा आफ्नो रुचि अनुसारको रिङ टोनहरु राख्न सकिने सुविधा गरेको  छ ।

नेपाल संगीत उद्योग संघको बिशेष पहलमा विश्वमा छरिएर रहेका नेपालीहरुको बीचमा आरबीटीको माध्यमबाट संगीत र मोबाइलमा रिङ टोनहरु पुर् याउन लागिएको हो ।

नेपाली चर्चित गायिका अन्जु पन्तको सुपरहित गीत ‘तिमीले पराई ठानेपछि’लाई डियुमा २५०१८१८, विमल डांगी र मुना थापाको ‘यो मुटु तिम्रै हो’लाई  २५०१८४० नरेन्द्र प्यासीको ‘तिमी बिनको जीवन’लाई १२६३४२ शिव परियारको ‘क्या दामी भो’लाई ९००८०९ डाउनलोड गर्न सकिन्छ ।

युएईमा DU मा डाउनलोड गर्न

१ आफ्नो डियु मोबाइलबाट १५६ मा कल गर्ने र म्यूजिक क्याटलगको लागि १ थिच्नुपर्दछ ।  
२ त्यसपछि आफ्नो डियु मोबाइलबाट सिटी स्पेश कोड अनि १५६० मा एसएमएस गर्नु पर्दछ ।  
३ अरु डियु मोबाइल प्रयोगकर्ताहरुको ट्युन अर्डर गर्नको लागि स्टार थिच्नुपर्दछ ।

लालबहादुर ढेंगा, दुबई
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %