‘जातीय संघीयता चाहिँदैन’

Read Time:1 Minute, 23 Second

नेपाली काँग्रेसका नेता अजुर्ननरसिँह केसीले जातीय आधारमा संघीयतामा जाँदा मुलुक विखंडनमा जाने बताएका छन् । शान्तिका लागि साझा अभियान कोक्याप नामक संस्थाले फागुन ५ गते आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले  नेपालमा जातीय समस्या नभएको धारणा राखे । संघीयता विरोधी केसी पन्चायतकालीन मन्त्री हुन । लोकतन्त्र स्थापनापछि मात्रै उनी काँग्रेस प्रवेश गरेका हुन ।
 
कार्यक्रममा नेकपा एमालेका नेता भिमबहादुर रावलले जातीय आधारमा राज्य पुनस्रंरथना गर्नु सामन्तीवादी सोच भएको बताउँदै नेपालमा सातवटा प्रदेशभन्दा बढी सम्भव नहुने बताए ।  रावलले राज्य पुनस्रंरचना आयोगको प्रतिवेदनले समस्याको समाधानभन्दा समस्या निम्त्याएको जिकिर गरे ।  संघीयता र समावेशीताको विरोध गर्दै आएका रावल आरक्षण कोटाबाट यसअघि गृहमन्त्री बनेका थिए । उनलाई सुदुरपश्चिमान्चलको आरक्षिट कोटाबाट मन्त्री बनाइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %