पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगरले १० लाख मगर एक जुट भएर सडकमा आए मात्रै मगरले अधिकार पाउने बताएका छन् । प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन ।
अधिकारका लागि हतियार भने कुनै हालतमा उठाउन नहुने नेता खपाङ्गीको सुझाव छ । उनले सबै मगर एक जुट भएको दिनमा राज्यले गोली चलाउन वा समातेर थुन्न नसक्ने बताए । आपनो चार दशक लामो प्रयासले अपेक्षित सफलता नपाएको उनको बुझाई छ । कार्यक्रममा खपाङ्गीले भने, ‘पूर्व जाँदा पूर्व फाटेको, पश्चिम जाँदा पश्चिम फाटेको देखें । शुरुवात गरे तर सबै सिलाउन भ्याइन ।’
कार्यक्रममा राष्ट्रिय गीतका रचनाका व्याकूल माइला, नेपाल मगर संघका पूर्व उपाध्यक्ष बमकुमारी बुढा मगर, संघका महासचिव नविन रोका मगर, जनजाति विद्यार्थी महासंघका माधव दर्लामी लगायतका वक्ताहरुले प्रथम सहिद लखन थापा मगरलाई राज्यले अझै पनि उपेक्षा गरेको धारणा राखे ।
प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका महासचिव जीवन आले मगरले सन्चालन गरेका थिए ।
सम्बन्धीत समाचार
‘लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर’
