गुरुङ फिल्म ‘आगे ठागु’को शुभमुर्हत

Read Time:3 Minute, 36 Second

कमेडीलाई मुख्य विषय बनाएर निर्माण हुने गुरुङ चलचित्र आगे ठागु ठुल्दाई को बुधबार पोखरामा शुभमुर्हत गरिएको छ । अनुशिलन फिल्मस् एण्ड म्युजिक प्रोडक्सनको प्रस्तुतीमा निर्माण थालिएको चलचित्र आगे ठागु का लागी चलचित्रका मुख्य कलाकार मगन गुरुङ र झरना गुरुङले मुर्हत शत दिएका थिए । अन्य चलचित्रको शुभमुर्हतभन्दा केहि भिन्न तरिकाले भएको शुभमुर्हतमा कलाकारहरुले संबाद नबोलि नृत्य गरेका थिए । त्यस्तै गुरुङ पुरोहितहरुले मन्त्रोच्चारण गरेका थिए भने अग्रज गुरुङ चलचित्रकर्मी लोकबहादुर गुरुङले पुजापाठ गरेका थिए ।
 
 
चलचित्रलाई लामो समयदेखि गुरुङ चलचित्रहरुमा नृत्य निर्देशन गरेका गोरे गुरुङले निर्देशन गर्दैछन् । गुरुङ सँस्कृति रहनसहन र भेषभुसालाई आधार मानेर चलचित्रका लागी निर्देशक गोरे गुरुङले लेखेको कथालाई मनोजबाबु पन्तले संवादमा ढालेका छन् । चलचित्रमा पटकथा पनि उनै पन्तले लेखेको निर्माणपक्षले जनाएको छ । ‘गुरुङ जातिलाई लाहुरे पृष्ठभुमी र बन्दुकसंग रमाउने जाति भनेर चिन्ने परिपाटी रहेको अवस्थामा चलचित्रले गुरुङहरु बहादुरसंगै शिक्षित र विद्वान पनि छन् भनेर देखाउन खोजिएको छ ।’ चलचित्रबारे प्रकाश पार्दै निर्देशक गोरे गुरुङले भने-‘ चलचित्रले गुरुङ समुदायका मानिसहरुलाई समेत एकपटक सोँच्न बाध्य बनाउनेछ ।’

रोजगारीका लागी बिदेश जाने र बिदेशबाट आएको पैसा मोजमज्जामा उडाउने प्रचलन बढिरहेको बेला चलचित्रले युवापुस्तालाई रोजगारीका लागी स्वदेशमै केहि गर्ने सन्देश दिने निर्माणपक्षको विश्वास छ । १५ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको चलचित्र पोखरासंगै लमजुङ काठमाण्डौ दार्जिलिङ र सिक्किममा पनि छायाँकन गरिने अनुशिलन फिल्मस् एण्ड म्युजिक प्रोडक्सले जनाएको छ ।
 
 
चलचित्रमा निर्देशक गोरे गुरुङलाई निर्देशनमा राजेश गुरुङ र गोरा गुरुङले सघाउनेछन् । ३ वटा गीत रहेको चलचित्रमा धोज गुरुङ गोरे गुरुङ र जयकुमारले संगीत दिएका छन् । रामकुमार श्रेष्ठको छायाँकन रहेको चलचित्र श्याम शुक्ला फिल्म प्रोडक्सनका संचालक घनश्याम लामिछानेले सम्पादन गर्ने भएका छन् । चलचित्रमा गमन गुरुङ, झरना गुरुङ, खिलबहादुर गुरुङ, युनिका गुरुङ र बालकलाकार बिशाल गुरुङको मुख्य अभिनय रहनेछ । चलचित्र फागुन ६ गतेदेखि सुटिङमा जाने बताईएको छ ।  
 
रेम बिक, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %