मल्ल के सुन्दरलाई ज्यान लिने धम्की ?

Read Time:3 Minute, 53 Second

मल्ल के सुन्दर

राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगका सदस्य मल्ल के सुन्दरलाई एसएमएसबाट ज्यान मार्ने सम्मको धम्की आएको छ । आयोगमा रहेका सदस्यहरु मध्ये जातीय अधिकार सहितको संघीयताको पक्षमा वकालत गर्दै आएका उनलाई विभिन्न नम्बरबाट यस्तो धम्की आउने गरेको हो । सुन्दरले आफूलाई धम्की आएको फागुन ३ गते खुलासा गरेका हुन ।

जनजाति तथा वैकल्पिक अध्ययन केन्द्र सिड्सको आयोजनामा भएको हर्क गुरुङ्ग बहस शृखंलामा सुन्दरले भने, ‘ज्यानमार्ने सम्मको धम्की आउँदा पनि सहेर बस्नु परेको छ ।’ परिवर्तनका विरोधी तथा यथास्थितिवादीहरुले आयोगले गत माघ १७ गते प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनको विरोधमा यसरी धम्क्याउने गरेका हुन ।

अधिकारकर्मी तथा सहप्राध्यापक वालकृष्ण माबुहाङ्ले पन्चायतकालमा भए आयोगका सदस्यहरुलाई प्रतिगामीहरुले घाँटी रेटी सक्ने भनाई राखे । आयोगका सदस्यहरु आफूसम्बद्ध समुदायको अधिकारमा कटिबद्ध रहेकोमा माबुहाङले धन्यवाद व्यक्त गरे ।

बायाँबाट क्रमश: वालकृष्ण माबुहाङ, नोवेल किशोर राई, मल्ल के सुन्दर र सुरेन्द्र महतो

मल्ल के सुन्दरले राजनीतिक दलका नेताहरु र मुलधारका सन्चार माध्यमले आयोगको प्रतिवेदनलाई छियाछिया पारीसकेको बताए । पत्रकारितामा समेत लामो अनुभव संगालेका सुन्दरले आफूले कुनै विषयलाई लिएर सन्चार माध्यम यति पक्षपाती भएको पहिलो पटक अनुभव गरेको समेत उल्लेख गरे । आफूहरुलाई प्राप्त कार्यविधिको आधारमा सकेसम्म इमान्दार भएर प्रदेशको प्रश्ताव गरेको बताए । दुई प्रतिवेदन प्रस्तुत भयो भन्नु सरासर कुर्तक भएको उनले बताए । आफूहरुले दुई प्रदेशको मात्रै प्रस्ताव अघि ल्याएको पनि गलत भएको सुन्दरको भनाई छ ।

आयोगका अर्का सदस्य सुरेन्द्र महतोले आफूहरुले अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार पहिचान र सार्मथ्यलाई प्रमुख आधार मानेर प्रदेश निर्माण गर्दा विभिन्न किसिमको विरोध आउनु जायज नभएको उल्लेख गरे । संघीयता विकासका लागि नभई अधिकारका लागि भएको महतोको भनाई छ । पहिचान विनाको संघीयता अर्थहिन हुने भन्दै महतोले भने, ‘पहिचान विनाको संघीयता खोज्नु भनेको रसवरी खाना पनि खोज्ने अनि स्वाद पिरो चाहियो भन्नु जस्तै हो ।’

प्राध्यापक नोवेलकिशोर राईले सहजीकरण गरेको कार्यक्रममा डा. प्रत्युष वन्त, केडि मिश्र, डा कल्याणदेव भट्टराई, प्रकाश ए. राज, शरद घिमिरे लगायतले विभिन्न प्रतिकि्रया तथा विचार प्रस्तुत गरेका थिए ।

(हर्क गुरुङ बहस श्रृखंलामा राज्यपुर्नसंरचना आयोगको भित्री कुरा तथा अन्य विचारोत्तक धारणा समेटिएको अडियो राज्यसत्ता डटकममा छिट्टै अपलोड गर्न गईरहेका छौं ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %