प्रमुख ठूला तिनदलका कारण शान्ति र संविधान निर्माणको प्रकि्रया अगाडि बढ्न नसकेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद् एमएस थापाले बताएका छन् । तीन ठूला राजनैतिक दलहरुले संविधान आफनो पक्षमा आउने नदेखिए पछि संविधान बनाउनेतर्फ नलागेको अध्यक्ष तथा सभासद थापाले आरोप लगाउनु भयो ।
प्रथम सहिद क्या लखन थापाको १३५ औं स्मृति दिवसको अवसरमा फागुन २ गते बुटवलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन । मगर भएकै कारण सरकारले लखन थापालाई देशको प्रथम सहिद घोषणा गर्न नसकेको बताए । छिमेकी राष्ट्र भारतमा हालसम्म एउटै मात्र सहिद सरदार भगत िसं रहेको तर नेपालमा भने सहिदको गन्ती गर्न नसकिने नेता थापाले बताए । 
सहिद लखन थापालाई नेपाल सरकारको पाठ्य पुस्तकमा नेपालको प्रथम सहिद भन्दै पढाई रहेको अवस्थामा पनि सरकारले प्रथम सहिद हो भनेर औपचारिक घोषणा गर्न हिचकिचाई रहेकॊ नेता थापाले बताए । प्रथम सहिद लखन थापा अध्यक्षकोष-२०५६ रुपन्देहीका अध्यक्ष माथवर िसंह सलामीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल नगरपालिकाका प्रमुख यज्ञप्रसाद भट्टराई, एकिकृत माओवादीका भुलबहादुर सुनारी, नेपाली कांग्रेसका युवराज गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका मधु राना, नेपाल मगर युवा संघका श्रीधर राना, वाहुन सेवा समाजका लोकनाथ शर्मा, नेपाल मगर संघका हिरा बहादुर भलामी, छन्त्याल संघका दल बहादुर छन्त्याल, मगरहाङ्ग परिषद्का छत्र दलार्मी, छविलाल थापा लगायतले बोल्दै लखन थापालाई देशको प्रथम सहिद घोषणा गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रकम हुनु भन्दा अगाडि रुपन्देहीको भैरहवाबाट मोटर साइकल र् याली सहित शंकरनगर वनवाटिकामा निर्माण भएको लखन स्मृति माचको उद्घाटन गरी बुटवल चौराहमा रहेको लखन चोकमा आएर सभामा परिणत भएको थियो । नेपाल मगर संघ बुटवल नगरसमितिका अध्यक्ष जनक थापाको स्वागत र कमल थापाको संचालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरुले संास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
गोविन्द घर्ति, बुटवल
