काठमाण्डौं शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचाररत कलाकार डिवी चक्रधरको उपचारका लागि आथर्िाक सहयोग संकलन गर्न आजदेखि पोखरामा सडक साँस्कृतिक कार्यक्रम शुरु भएको छ । पोखरालाई कर्म थलो बनाएका दुवै मिर्गौला पिडित गायक चक्रधरको उपचार सहयोगका लागि गठित कलाकार डिवी चक्रधर उपचार सहयोग समितिको आयोजनामा आज पोखराको अमरिसंह चोकमा सम्पन्न साँस्कृतिक कार्यक्रमबाट ३७ हजार ४९७ रुपैया सहयोग संकलन भएको छ ।
तरेली साँस्कृतिक परिवार मनोज गुरुङ रजनी राई नरजंग गुरुङ शंकर विरही गुरुङ उज्जल भण्डारी आषिश दास सागर शाह पदम थापाको प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रम मार्फत लमजुङ पसगाँउका दिलिप िसंह गुरुङले २ हजार पाँच सय अमरिसंह ट्याक्सी इकाइ समितिले १ हजार पाँच सय पाँच नेपाल सहकारी संस्थाले १ हजार पाँच बीजी इलेक्ट्रोनिक्सले १ हजार पाँच ग्लोवल कलिजियट उच्चमाविले १ हजार एक हिमाल विजुली पसल ५ सय पाँच सुवेदार मेजर धनबहादुर गुरुङ ५ सय पाँच लवकुश सप्लायस्र ५सय पाँच गौरी शंकर रेष्टुरेण्टले ५सय पाँच क्याप्टेन डम्बरबहादुर गुरुङले ५ सय श्रीकृष्ण मेसिनरी स्टोस्रले ५ सय गजबहादुर गुरुङले ५ सय नरेश आलेले ५ सय रुपैया लगायतले मिर्गौला पिडित चक्रधरलाई सहयोग गरेका हुन ।
कार्यक्रमका लागि एसके साउण्डले साउण्ड सिस्टम र पीभी साउण्ट सिस्टमले कलाकाकारका लागि पोशाक सहयोग गरेको थियो । उपचार सहयोगार्थ आर्थिक संकलनका लागि चोक तथा सडक साँस्कृतिक कार्यक्रम अन्र्तगत बुधवार दिउसो एक बजे चिप्लेढुंगाचोकमा साँस्कृतिक कार्यक्रम गरिने सहयोग समितिका संयोजक मनोज गुरुङले जानकारी दिए ।
हुम तमु, पोखरा
