खुल्ला दौडमा विक र पाण्डेलाई उपाधि

Read Time:5 Minute, 30 Second

१४ फ्रेबुअरी, पोखरा
नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समितिको आयोजनामा मंगलबार तेश्रो पश्चिमाञ्चल स्तरीय छैटौं गणतान्त्रिक खेलकुद प्रतियोगिता समापन भएको छ । गणतान्त्रिक खेलकुद प्रतियोगिता अन्र्तगत मंगलबार पोखरामा सम्पन्न भएको गोर्खा एण्ड वराह १० किलोमिटर खुल्ला पुरुष सडक दौड प्रतियोगिताको उपाधी लमजुङ्गका मिनराशी विकले जितेका छन् । छैटौं राष्ट्रिय खेलकुद महोत्सवका लागि पश्चिमाञ्चलबाट छनौट भईसकेका विकले ३४ मिनेट ३१.०७ सेकेण्डमा उक्त दुरी पार गर्दै उपाधी सहित नगद ३ हजार जित्न सफल भएका हुन् ।

प्रतियोगितामा ३४ मिनेट ३५.९ सेकेण्डमा उक्त दुरी पार गर्दै कास्कीका चोकबहादुर गुरुङ द्वितीय र ३९ मिनेट ४८ः१ सेकेण्डमा उत्तm दुरी पार गरेका दाङ्का रमेश विक तृतीय भए । दोश्रो हुनेले २ हजार तेश्रो हुनेले एक हजार र शान्त्वना हुने दुई जनाले ५९५ सय पुरस्कार पाए ।

 त्यस्तै गोर्खा एण्ड वराह ५ किलोमिटर खुल्ला महिला सडक दौड प्रतियोगितामा टप्स उच्च माविकी लक्ष्मी पाण्डे प्रथम भएकी छन् । छैटौं राष्ट्रिय खेलकुद महोत्सवका लागि ५ किलोमिटर दौडमा पश्चिमाञ्चलबाट छनौट भईसकेकी पाण्डेले २५ मिनेट ५६.९ सेकेण्डमा उक्त दुरी पार गर्दै उपाधी सहित नगद २ हजार जितेकी हुन् ।
त्यस्तै २७ मिनेट २०.९ सेकेण्डमा उक्त दुरी पार गर्दै ज्ञानुवावा आवासिय उच्च माविकी मनिसा अधिकारी द्वितीय र २७ मिनेट ५६ः१ सेकेण्डमा उक्त दुरी पार गरेकी टप्स उच्च माविकी प्रभा चौधरी तृतीय भईन् । दोश्रो हुनेले १ हजार ५ सय तेश्रो हुनेले एक हजार र शान्त्वना हुने दुई जनाले ५९५ सय पुरस्कार पाए ।

ञानुबाबाकी अनिसा चौधरी चौथो, सुक्रराज भलभद्र उच्च माविकी प्रतिक्षा सुवेदी पाचोैं, आयोजक समितिकी प्रेमकुमारी बुठा छैटौं, सुक्रराज वलभद्र उच्च माविकी पवित्रा रसाईली सातौं, सुक्रराजकै प्रतिमा सुवेदी आठांै, पृथ्वीचोककी धनमाया क्षेत्रि नवौं र क्यूकीसीन कराँते डोजोकी सजिना तामाङ १० औं स्थानमा आउन सफल भईन । त्यसै गरी पुरुष १० किलो मिटर दौडमा कृष्ण भण्डारी चौथो, किरण घर्तीमगर पाचौं, प्रकास चौधरी छैटौ, विश्व केसी सातोैं, अमृत नेपाली आठौं, टेकतिलिजा पुन नवौं र सुरेस गुरुङ दशौं स्थानमा आउन सफल भए । उनीहरुलाई प्रमाण पत्र समेत वितरण गरीएको थियो ।

प्रतियोगितामा महिला तर्फ ३६ जना र पुरुष तर्फ ७६ जना सहभागि भएका थिए भने १० बर्षीय वालवालिका दुई जनाले समेत उक्त दुरी पार गरेका थिए । शहिद स्मृति बिद्यालयबाट सहभागि भएकी १० बर्षीया कल्पना गुरुङले ५ किलोमिटर र सोहि बिद्यालयका १० बर्षीय रन्जीत श्रेष्ठले १० किलोमिटर सडक दौड पुरा गरेका हुन । पृथ्बीचोकबाट सुरु भएको सडक दौड पोखराका बिभिनन् भाग परिक्रमा गरी सभागृहमा पुगेर टूंगीएको थियो ।
विजेताहरु धावकहरुलाई कार्यक्रमका प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका पोलिट ब्युरो सदस्य एवम तमुवान राज्य समितिका ईन्चार्ज हितराज पाण्डे उत्तम, सामुदायिक रेडियो प्रसारण संघका केन्द्रीय उपाध्यक्ष एलपि बन्जरा, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, गोर्खा बराह ज्वर्लरका प्रबन्ध निर्देशक हरिकुमार धमला, समितिका अध्यक्ष नरबहादुर पुन लगायतले पुरस्कार वितरण गरेकाथिए ।
उक्त गणतान्त्रिक खेलकुद प्रतियोगिता अन्र्तगत गत माघको अन्तीम साता सम्पन्न भएको पश्चिमाञ्चल जिल्ला स्तरीय भलिवल प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन स्याङजा जिल्लाले यस बर्षको उपाधि पनि जितेको थियो ।
दिनानाथ बराल, पोखराबाट

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %