क्षत्री समाजले क्षेत्री नेताहरुलाई साक्षी राखी आयोगको प्रतिवेदन जलायो

Read Time:5 Minute, 25 Second

१३ फ्रेबुअरी
क्षत्री समाज नेपालले राज्य पुनःसंरचना आयोगको जातीय राज्यको संघीयताको खाका सार्वजनिक गरेको भन्दै त्यसको विरोधमा माघ २९ मा राजधानी काठमाडौंमा शक्ति प्रर्दशन ग¥यो

।
देशका विभिन्न भागबाट आएका क्षेत्रीहरुको जुलुस र प्ले कार्ड सहित राजधानीका विभिन्न चोकको परिक्रमा पछि राष्ट्रिय सभा गृहमा आएर सभामा परिणत भएको थियो । सभामा क्षेत्री जातिलाई आदिवासी जातिमा सुचिकृत गर्न सिफारिस गर्न गठित कार्यदलको प्रतिवदेन समाजका अध्यक्ष डा दिलबहाखुर क्षेत्रीले स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीलाई बुझाए । मन्त्री रायमाझीले क्षेत्री समुदायको माग सरकारले तुरुन्त सम्वोधन गर्ने बताउदै जातीय संघियता माओवादीलाई स्वाकार्य नहुने बताए ।
संघीयताको अहिलेको खाका राज्यको पुनः संरचना गर्ने बैज्ञानिक आधार भन्दा बाहिर गएर गरिएकाले आफू त्यसको विपक्षमा रहेको बताए । संघीयता नेपालमा जातीय सद्भाव खलबल्याउन र विखण्डन ल्याउन नभएको बरु मुलुकले राष्ट्रिय एकता र समानताका लागि संघीयता खोजेको बताए । माओवादीले क्षेत्रीलाई आर्य खस जातिका रुपमा स्वकारि सकेको बताए । बाहुन र क्षेत्रीलाई अन्य जातिमा लगेर राख्नु राज्यले अपमान गरेकोले त्यस विरुद्ध शसक्त रुपमा उभिन आह्वान समेत मन्त्री रायमाझीले गरे ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्नुननरसिँह केसीले जातीय राज्य कुनै हालतमा दिन नहुने बताए । जातीय राज्य दिँदा पिछडिएका समुदायले अधिकार पाउँछ भनेर डराएका केसीले जातीयताको नाराभन्दामाथि उठेर राष्ट्रियताको नारा लगाउनुपर्ने जिकिर गरे । पूर्व मन्त्री भिम रावलले पुनः संरचना आयोगको त्यस प्रतिवेदन जातीय आधारमा मात्र केन्द्रित रहेकाले त्यो स्वीकार्न नसकिने बताए । क्षेत्रीहरुले राष्ट्र र राष्ट्रियता बचाउनका लागि बलिदान गरेको इतिहास रहेको कोट्याउदै आत्मनिर्णयको नाममा कुनै देश कुनै जातिको उपनिवेश बन्न नसक्ने जिकिर गरे । उनले भने‘राष्ट्र विखण्डन हुन्छ र अप्ठ्यारोमा पर्छ भने खस क्षेत्री ज्यानको बाजी दिएर रगत बगाउन तयार रहेका छौ’ ।

१८ प्रतिशत जनसंख्या रहेको क्षत्रीलाई राज्यले उपेक्षा गर्दाको परिणाम खतरनाक हुने चेतावनी समेत उनले दिए । उनले आइएलो १९६ ले सोभियत संघ टुक्रे झै नेपाल टुक्रने ठोकुवा गदै त्यो नेपालमा लागू हुनै नसक्ने दावी गरे । सोही सभालाई सम्वोधन गदै जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केशीले जातीय संघीयताको परिणाम राम्रो नहुने र संघीयता खारेज नभएसम्म नेपाल नरहने ठोकुवा गरे । ‘नेपालमा संघीयता लागू गरियो भने नेपाल छिटटै नाइजेरिया हुने छ’ उनले भने । घडेरी भाग लगाए झै देशलाई जातीय आधारमा भाग लगाउदा त्यसले राष्ट्रियता कमजोर पार्ने र विदेशीलाई आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने बताए ।

क्षेत्री समाजका डा कृण्ण थापाले क्षेत्रीहरुको अगुवाइमै नेपाल निमाण भएको र क्षेत्रीहरु राज्य माग्ने नभइ राष्ट्र बचाउन तिर लाग्न सुझाव दिए । देशको टुक्रा अन्य जातिले झै क्षेत्रीले माग्न नहुने बताउदै जातको आधारमा राजनीति गर्न नहुने कुरामा जोड दिए । समाजका अध्यक्ष डा दिलबहादुर क्ेषत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङग्रेसका अर्जुनर्रसिहं केशी लगायत सवै दलका क्षत्री नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाज नेपालका प्रतिनिधिहरुले पुनः संरचना आयोगले गत माघ १७ गते सरकारलाई संघीयताको खाका सहित बुझाएको प्रतिवेदन आगो लगाएर जलाइएका थिए ।
गोविन्द लुईटेल, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %