‘लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर’

Read Time:2 Minute, 33 Second

जहानियाँ राणाशासनको विरुद्वमा विद्रोह गर्दा फासी दिएर हत्या गरिएका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गरिएको छ । प्रथम सहिद लखन थापामगर अध्यकोष-२०५६ रुपन्देहीले बुटवलमा फागुन १ गते पत्रकार सम्मेलन गरी राणाशासनको विरुद्वमा विद्रोह गर्दा मारिएका थापालाई प्रथम सहिद घोषणा गर्न माग गरेको हो ।

अध्यक्षकोषका अध्यक्ष माथवरसिँह सलामीले राज्यद्वारा स्वीकृत प्राप्त पाठ्य पुस्तकमा लखन थापालाई प्रथम सहिद भनिएपनि राज्यले प्रथम सहिद घोषणा नगरेर अपमान गरेको बताए  । उहाले राणा शासनको विरोध गर्दा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले फासी दिएर वि।सं। १९३३ फागुन २ गते हत्या गरेको हुदाँ थापा नै प्रथम सहिद भएको दावी गरे । थापालाई प्रथम सहिद घोषणा गर्नुको साथै राणाशासनको विरुद्वमा विद्रोह गर्दा मारिएका जयिसंह चुमी सुकदेव गुरुङलाई पनि सहिद घोषणा गर्न माग गरिएको छ ।

त्यस्तै सहिद सप्ताहलाई फागुन २ गते सम्म लम्बाउनुपर्ने फागुन २ गते सार्वजनिक विदा दिन समेत अक्षयकोषले माग गरेको छ । अध्यकोषले १३५ औं लखन स्मृती दिवसको अवसरमा फागुन २ गते भैरहवाको देवकोटा चोकबाट मोटरसाइकल र् याली शुरु भई शंकरनगरमा रहेको बनवाटिकमा लखन पार्कको उद्घाटन गरेपछि बुटवलको राजमार्ग चौराहामा रहेको लखनचोकमा सभामा परिणत हुने जनाएको छ । सभालाई राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय अध्यक्ष तथा सभासद् एम।एस थापा मगरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल मगर संघ सहित विभिन्न भातृ संघ\संस्था तथा शुभेच्छुक संस्थाले लखन थापालाई प्रथम सहिद घोषणा गर्न दवाव दिए पनि राज्यले भने वेवास्ता गदै आएको जनाएको छ ।

गोविन्द घर्ति, रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %