राणा, गुरुङ्ग र चन्दलाई करौडौं जरिवाना सहित दुई वर्ष कैद

Read Time:1 Minute, 20 Second

विशेष अदालतले सुडान घोटाला काण्डमा दोषी ठहर गरिएका तीन पूर्वप्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेश चन्द ठकुरीलाई दुई वर्ष कारागार सहिद करोडौं जरिवाना तोकेको छ । अदालतले फागुन १ गते राणालाई १७ करोड गुरुङलाई साढे छ करोड  र  ठकुरीलाई पाँच करोड जरिवाना गर्ने निर्णय गरेको हो ।

अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले लन्डनस्थित एस्युर्ड रिस्क लिमिटेडका ठेकेदार माइकल राइडर र उनका नेपाली सहयोगी शम्भु भारतीलाई सजाय सुनाएको छ ।

विसं २०६४ मा सुडानमा खटिएको नेपाल प्रहरीको मिसनलाई आवश्यक पर्ने बख्तरबन्द गाडी एपीसी लगायतका बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरेको अभियोग लागेका अन्य ३१ जना बहालवाला तथा पूर्व प्रहरी अधिकृतलाई भने अदालतले सफाइ दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %