यसरी मिल्यो मगर संघ रुपन्देहीको विवाद

Read Time:4 Minute, 2 Second

गोविन्द घर्ति, रुपन्देही

१८ औं जिल्ला अधिवेशनबाट दुई खेमामा विभाजित भएको नेपाल मगर संघ जिल्ला समिति रुपन्देही पुनः एकजुट भएको छ । रुपन्देहीमा कि्रयाशिल राजनैतिक दलका प्रमुख मगर संघका अगुवा र नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी अाचाल ईन्चार्ज मिना थापाको विशेष पहलमा उक्त विवाद समाधान भएको हो ।

केन्द्रीय सदस्य मिना थापाको अध्यक्षतामा फागुन १ गते भएको एक भेलामा दुवै पक्षका अध्यक्षहरु दलबहादुर विरकट्टा र यमबहादुर थापाले राजीनामा दिएपछि नेपाल मगर संघ रुपन्देहीका संस्थापक अध्यक्ष अमरबहादुर थापामगरको संयोजकत्वमा १३ सदस्यीय १९ औं जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।
 
समितिको सदस्यहरुमा हिराबहादुर भलामी, छत्रबहादुर दलार्मी, गौमती पुन, विजय थापा मगर, प्रेम थापा, केहरसिँह सराङ्गकोटी, भूलबहादुर सुनारी, विभा सिँजाली, पदम थापा, लक्ष्मी थापा र रुपसिँह थापा रहेका छन् । विगतका दिनहरुमा सहमतिको प्रयास जारी रहेता पनि समाधान हुन सकिरहेको थिएन । विगतका दिनहरुमा नेपाल मगर संघ रुपन्देहीको विवाद केन्द्रीय समितिले मिल्न नदिएको र भएको पं्रयासहरु निष्कर्षमा पुग्न नसकेको  एक समाचार स्रोतले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।

विवादीत दुई खेमालाई मिलाउने भेलामा पनि केन्द्रीय समितिले आफ्नो सहमति विना गर्न पनि नदिएको र केन्द्रीय समितिले पनि कुनै पहल नगरेको उक्त कार्यक्रमका वक्ताहरुले बताएका थिए । सो कार्यक्रममा बोल्ने वक्ताहरुले जव रुपन्देहीका मगरहरु एक जुट भएर अगाडि बढ्छ भने केन्द्रीय समितिलाई के को टाउको दुखाई वरु केन्द्रीय समितिले सहमति गराएर अगाडि बढाउनु पर्ने बताएका थिए ।

संस्थापक अध्यक्ष अमरबहादुर थापाको नेतृत्वमा बनेको समितिले आगामी बैषाख १५ गते सम्म गाउ समिति गठन गर्ने र बैषाख मसान्त सम्म १९ औं जिल्ला अधिवेशन गर्ने निर्णयको छ । दुई खेमामा विभाजित नेपाल मगर संंघ एक जुट भए पछि रुपन्देहीका मगरहरु खुसी भएको नेपाल मगर संघ बुटवल नगरसमितिका सचिव ज्ञान बहादुर थापाले बताए । उक्त भेलामा सहभागि अधिकाश मगरहरुले अवका दिनहरुमा सम्पूर्ण मगरहरुको हक हित र अधिकारको लागि लड्नु पर्ने तर राजनैतिक रुपमा एक आपसमा विभाजित हुन नहुने बताए थिए ।

२०६६ साल पौष ११ गते भएको १८ औं जिल्ला अधिवेशनमा भएको विवाद पछि नेपाल मगर संघ रुपन्देही  दुईखेमामा विभाजित भएका थिए । १८ औं जिल्ला अधिवशेनको वन्दसत्रको निर्वाचन मण्डलले दलबहादुर विरकट्टा मगरको अध्यक्षतामा नयाँ कायसमिति निर्वाचित गरेको थियो भने उक्त समिति अवैधानिक हो भन्दै २०६६ पौष २५ गते केन्द्रीय समितिको रोहवरमा यम बहादुर थापाको अध्यक्षतामा अर्को समिति गठन गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %