
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले राज्यपुर्नसंरचना आयोगद्वारा प्रस्तावित प्रदेशको सिमानामा असन्तोष जनाएका छन् । अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरुलाई ुलिम्बुवान स्वायत्त राज्यु घोषणा गराउन परिषदद्वारा जोगवनी-रानी भन्सारबाट ऐतिहासिक राजधानी विजयपुरसम्मको दुईदिने लिम्बुवान रोड मार्च कार्यक्रममा बोल्दै उनले यस्तो धारण राखेका हुन । लिम्बुवानको ऐतिहासिक सिमाना सङ्खुवासभा धनकुटा झापा मोरङ र सुनसरीमा सिमाना खुम्चयाएर मिचेर अन्य राज्यहरु प्रस्ताव गरेको भन्दै उनले घोर आपत्ति प्रकट गरे ।
लिम्बुवानको ऐतिहासिक सिमाना खुम्च्याउन नहुने लिङ्देनको भनाई थियो । अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य कायम गरियोस् भनी यस परिषदले निरन्तर आन्दोलन अघि बढाउने पनि उनले बताए । लिम्बुवान रोडमार्चको विषयमा लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, एलभी कमिसार तथा सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ र मचका महासचिव खगेन्द्र माखिमले आआफ्नो धारणा राखेका थिए ।
चसम्बद्ध लिम्बुवान सुनसरीका अध्यक्ष डम्मर खजुमद्वारा उद्घोष गरिएको उक्त समापन समारोहबीच लिम्बुवानको दक्षिणी सिमाना जोगवनी-रानी विराटनगरबाट उठाई ल्याइएको लिम्बुवानी माटोलाई रोडमार्च नेतृत्व र सबै सहभागीहरुले कॊशेलीस्वरुप विजयपुर दरबारमा चढाई मिसाएका थिए ।
डीबी आङ्बुङ लिम्बू
