पश्चिमाञ्चल भलिवल च्याम्पियनसीप स्याङजालाई

Read Time:3 Minute, 54 Second

पोखरा, २९ माघ 

नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समितिको आयोजनामा आईतबार पोखरामा सम्पन्न भएको पश्चिमाञ्चल जिल्ला स्तरीय भलिवल प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन स्याङजा जिल्लाले यस बर्षको उपाधि पनि जितेको छ ।


पोखरा रंगशालामा आईतबार भएको फाईनल खेलमा स्याङजाले कास्कीलाई २२–२५,२५–२१,२५-२०,१५-२५ र १५–९ को सेटमा पराजीत गर्दै यस बर्षको उपाधि पनि आफ्नो पोल्टामा पारेको हो । उपाधि जितेको स्याङजाले नगद ३० हजार, उपविजेता भएको कास्कीले नगद २० हजार साथमा मेडल सहित प्रमाण पत्र पाएकोछ ।
लिग कम नकाउटका आधारमा भएको उक्त खेलमा तेश्रो स्थानको लागि भएको प्रतिष्पर्धामा पर्वत जिल्लाले तनहुँ जिल्लालाई २१–२५,२५–२३,२५–२१, १९–२५ र १५–१२ को सेटमा पराजीत गर्दै तेश्रो भएको हो । पर्वतले नगद १० हजार पायो । प्रतियोगितामा उत्कृष्ट खेलाडी स्याङजा जिल्लाका अमृत केसी घोषित हुदै नगद एक हजार पाँच सय पाए ।
प्रतियोगितामा वेष्ट सटरमा कास्कीका शंकर गुरुङ, वेष्ट डिफेण्डरमा कास्कीका मोहन गुरुङ, वेष्ट सर्भरमा तनहुँका पशबहादुर तामाङ, वेष्ट ब्लकरमा स्याङजाका रमेश केसी, वेष्ट स्पाईकरमा कास्कीका सागर मल्ल र प्रतियोगितामा वेष्ट क्वीकरमा स्याङजाका अनिल घमाल घोषित भए । उनीहरुले उपाधि सहित नगद एक÷एक हजार प्राप्त गरे । फाईनल खेलमा स्याङजाका कुमार गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि एकिकृत नेकपा माओबादीका पोलीट ब्युरो सदस्य एवम तमुवान राज्य ईन्चार्ज हितराज पाण्डे उत्तम, सभासद कृष्ण गुरुङ, सफिक मिया, सावित्रि दुरा, नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्तबहादुर चन्द, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघका उपाध्यक्ष शुभकन्या गुरुङ, समाजसेवि केदार पौडेल, हिमश्री फुड्सका प्रतिनिधि सन्तोस खड्का लगायतले पुरस्कार वितरण गरेकाथिए ।
उक्त प्रतियोगिता समितिका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा ७ जिल्लाका आयोजक सहित ८ टोलीको सहभागिता रहेको थियो ।
तेश्रो पश्चिमाञ्चल स्तरीय छैटौं गणतान्त्रिक खेलकुद प्रतियोगिता अन्र्तगत फागुन दुई गते खुल्ला पुरुष १० किलोमिटर र ५ किलोमिटर महिला तर्फको सडक दौड प्रतियोगिता हुने भएको समितिका सचिव जनक महताराले बताए ।
दिननाथ बराल

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %