देउवाद्वारा तामाङ्को कार्यक्रममा ताम्सालिङ्को विरोध

Read Time:1 Minute, 34 Second

पूर्वप्रधानमन्त्री तथा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राज्य पुनःसंरचना उच्तस्तरीय सुझाव आयोगको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । राज्यपुर्नसंरचना समितिले तयार पारेको १४ प्रदेशको प्रतिवेदनमा भन्दा ताम्सालिङ् प्रदेश ठूलो बनाएको आयोगको प्रतिवेदनले जनतामा असन्तुष्टी बढाएको देउवाको भनाई छ ।

२८४८ औँ डुक सोनाम लोसारको उपलक्ष्यमा नेपाल तामाङ् सङ्घ ललितपुरमा माघ २८ गते आयोजना गरेको कार्यक्रम उनले ताम्सालिङकै विरोध गरेका हुन ।  गोदाबरीमा आयोजना गरिएको  सांस्कृतिक तथा बनभोज कार्यक्रममा देउवाले विरोध गर्दा पनि तामाङ समुदायका नेताहरुले मौन स्विकृति जनाए । ताम्सालिङ वा नेवा प्रदेश बनाउँदा जनतामा फाटो आउने उनको दाबी थियो ।

कार्यक्रममा काँग्रेस ललितपुर सभापति मदनबहादुर अमात्यले तामाङ् समुदायको पहिचान र अधिकारलाई सुनिश्चित गर्न सबै दलको भूमिका महत्वपूर्ण हुने धारणा राखे । नेपाल तामाङ् सङ्घ ललितपुरका अध्यक्ष रामकृष्ण लामाले अधिकार लागि संघर्ष गर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %