दर्शकले लम्ब्यायो गोर्खा मेला

Read Time:2 Minute, 41 Second

विटि्रस, भारतीय र सिँगापुर पुलिसहरुको संगठन गोर्खा कम्युनिटी पोखराको आयोजनामा नेपाल मै पहिलो पटक हुन लागेको गोर्खा मेला २०६८ को दोस्रो पनि जारी रहेको छ । मेलामा माघ २८ गते राष्ट्रिय लोकदोहोरी गायीका शर्मीला गुरुङ्ग र हस्याकलाकार दिपक थापाले दर्शकहरुलाई  मनोराजन प्रदान गरेका थिए ।

त्यसैगरि मेलामा गरिएको दोहोरी साँझहरु विचको प्रतियोगीताले पनि मेलाको रौनक बढाएको थियो । कार्यक्रममा आज हिमाली सँस्कृतिक परिवार तथा विभिन्न लोकदोहोरी गायाक गायीकाको प्रस्तुति समेत रहेको थियो । प्रतियोगीतामा आज दोभन दोहोरी साँझ पृथ्वीचोक  भाजङ्ग दोहोरी साँझ सिर्जनाचोक र निम्तो दोहोरी साँझ न्युरोड विच पहिलो चरणको प्रतियोगीता गराइएको थियो । प्रतियोगीतामा लोकदोहोरी कलाकार शकर विरहि गूरुङ्ग  पदम गूरुङ्ग  लक्ष्मी सुवेदी र साँस्कृतिक कार्यक्रम संयोजक सुवेदार जस बहादुर गूरुङ्गले निर्णयकको भुमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगीताको दोस्रो चरण भोली हुने छ ।

मेलाको आज करिव ७ हजार दर्शकले मेलाको अवालोकन गरेको आयोजकको अनुमान छ । मेलालाई अझ रोमाचक प्रदान गर्नका लागी मेलामा विभिन्न तम्बोला राफल ड्र घइटो फुटाउने छेलो फाल्ने खसिको तौल पत्ता लगाउने लगायतका विभिन्न मनोराजनात्मक खेलहरु समेत खेलाइएको थियो ।

माघ २९ गते सम्म संचालन गर्ने भनिइएको मेलालाई दर्शकहरुको भिडलाई मध्यनजर गर्दै १ दिन थप गरिइएको मेला संयोजक तथा गोर्खा कम्युनिटिका अध्यक्ष लक्ष्मी प्रसाद गूरुङ्गले जानकारी दिनुभएको छ । मेला माघ २९ सम्म आयोजना गर्ने भनिइए त पनि मेलामा गोर्खालीहरुको उपास्थितिले गर्दा १ दिन बढाउनु परेको गुरुङ्गले जानकारी दिए ।  
हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %