क्रिकेटमा नेपाली महिलाले इतिहास रचे

Read Time:1 Minute, 20 Second

 

एसीसी यु १९ महिला च्याम्पियससीपको उपाधि नेपालले चुमेको छ । कुवेतमा भएको प्रतियोगिताको फाइनलमा नेपालले थाईल्याण्डलाई ६ विकेट पराजित गरेर उपाधि हात पारेको हो । नेपाली महिला कि्रकेटटोलीको यो लगातार तेस्रो जीत हो । नेपाली टीमको नेतृत्व सम्हालेकी रुविना क्षेत्री ‘प्लर अफ द सिरिज’ भएकी छन् । ७५ रनको टार्गेटलाई नेपालले सहजै पाखा लगाएको थियो ।

महिला खेलाडीहरुले लगातार १९ औं जित दर्ता गर्दै ह्याटि्रक रचेका हुन । सन् २००८ देखि शुरु एसीसी यु १९ महिला च्याम्पियससीपमा नेपाली टीम एक पटक पनि पराजित भएका छन् । एक पटक पनि नहार्ने नेपाली टीम एक्लो हो । चार वर्ष पहिले थाइल्याण्डमा भएको खेलमा मलेशिया र दुई वर्ष पहिले सिँगापुरमा भएको खेलमा भुटानलाई फाइनलमा हराएर नेपालले उपाधि जितेको थियो । त्यतिबेला दुबै पटक टीमको नेतृत्व नेरी थापाले गरेकी थिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %