अर्जुनदृष्टि र वनबासीको चर्चा

Read Time:4 Minute, 9 Second

पोखरा, माघ २८

¥याण्डम रिडर्स सोासइटी अफ नेपालको पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको सोह्रौ शृङखला शनिबार पोखरामा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तक परिचर्चा गर्दै आएको सोसाइटीले यस पटक डा. रवीन्द्र समीरको लघुकथासङ्ग्रह अर्जुनदृष्टि र स्रष्टा परिचयअन्तरगत स्याङ्जाका साहित्यकार देवीप्रसाद वनबासीको चर्चा गरेको हो

अर्जुनदृष्टिको परिचर्चा गर्दै साहित्यकार ईश्वरमणि अधिकारीले अर्जुनदृष्टिलाई नेपाली लघुकथाको मानक कृतिका रुपमा चिनाए । लघुकथाका क्षेत्रमा नेपाली साहित्यमा कम काम भएको र त्यसमा रवीन्द्र समीर अमूल्य साधक भएको उल्लेखगर्दै अधिकारीले अर्जुनदृष्टिका लघुकथाहरुले पाठकहरुमा झङ्कार उत्पन्न गराउने बताए ।
लेखक समीरले लेखकीय अनुभव सुनाउँदै अर्जुनदृष्टिमा समेटिएका अधिकांश लघुकथाहरु आफ्नो चिकित्सा पेसाका यथार्थ घटनासँग सम्बन्धित भएको बताए । नेपालमा प्रकाशन हुनुअघि सम्पादन गराउने प्रचलन व्यक्तिगत र संस्थागत हिसाबले पनि नभएको भन्दै कम्तिमा पनि प्रकाशन संस्थाले विज्ञ सम्पादक नियुक्त गर्नुपर्नेमा जोड दिदैं समीरले साहित्य ऐतिहासिक दस्तावेज पनि भएको बताए । उनले नेपाल प्रज्ञाप्रतिष्ठानले नियमित गर्नुपर्ने काम ¥याण्डमले गरेको भन्दै प्रशंसा गर्नुका साथै विशिष्ट पहिचान बनाइसकेको बताए ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पृथ्वीनारायण क्यापसका प्रमुख गेहेन्द्रेश्वर कोइरालाले साहित्यले संस्कार निर्माण गर्ने भएकोले सन्देशअनुसारको आचरण गर्नुपर्नेमा जोड दउ । प्राज्ञ सरुभक्तले पोखरामा लेखकहरु जति सङ्ख्यात्मक र गुणात्मक छन् त्यति समालोचकको अभाव भएको र त्यसको केही पुर्ति गर्न ¥याण्डमले भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
स्रष्टा परिचय दिदैं युवा साहित्यकार सुरज उपाध्यायले देवीप्रसाद वनबासीलाई उत्कृट बालसाहित्यकारका रुपमा चिनाए । स्याङ्जामा रहेर साहित्य साधनामा तल्लीन रही ४० भन्दा बढी कृति प्रकाशन गर्नुभएका वनबासीलाई उपाध्यायले नेपाली साहित्यका एक अथक साधकको संज्ञा पनि दिए ।
सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं आहतको अध्यक्षता र उपाध्यक्ष दुर्गाबहादुर शाह बाबाको स्वागतमा भएको कार्यक्रममा पुस्तक छनौट समितिका संयोजक कृष्ण के. सी.ले आगामी फागुन २७ गते पं मुक्तिनाथ शर्मा २०११ सालमा प्रतिबन्धित उपन्यास ‘को अछूत’ परिचर्चा गरिने जानकारी गराए । कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, डा. लक्ष्मीशरण अधिकारी, फडिन्द्र अकिञ्चन, सरस्वती प्रतीक्षा, दीपक पराजुली, महेन्द्रमान व्यथित, युवराज त्रिपाठी, उपेन्द्र पौडेललगायतले टिप्पणी गरेकाथिए भने सञ्चालन सचिव गनेस पौडेलले गरेकाथिए ।
रुपिन्द्र प्रभावी

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %