यसपटक पुन क्लवले जित्यो

Read Time:3 Minute, 9 Second

हंगकंग – फ्रेब्रअरी ५
पूर्वान्चलको जेठो संस्था खोटाङ समाज हङकङले १५ बार्षिकी उत्सवमा आयोजन गरेको भलिवल प्रतियोगितामा पुन समाज हङकङले विजयी हात पारेकोछ । ९ टिमले भाग लिएको प्रतियागितामा पोल ए बाट पाथिभारा, संखुवासभा, स्याङजा, ताउलेक  र घान्द्रुक समाज रहेकाथिए । यसमध्ये पाथिभारालाई हराई ताउलेक समाज फाइनलमा पुगेको थियो । त्यसै गरि पोल वी बाट  बाग्लुङ, पुन, खोटाङ र पर्वत समाज थिए । यी मध्ये पर्वतलाई हराउदै पुन क्लव फाइनलमा पुगेकोथियो । अन्तमा पुन क्लवले विजयी हात पार्यो। उत्कृष्ट खेलाडि भने ताउलेक समाजका सुर्य बहादुर गुरुङ घोषित भएका थिए । यसअघि मगर संघले आयोजना गरेको कार्यक्रममा  पुन क्लव घान्द्रुक समाजसंग हारेकोथियो । त्यसपछि बाग्लुङ समाजले आयोजना गरेकोमा भने पर्वत समाजसंग उपविजेतामा चित्त बुझाउनु परेकोथियो ।

उत्कृष्ट खेलाडिलाई प्रमाणपत्र र नगद सल्लाहकार बसन्त कुमारि राईले हस्तान्तरन गरेकी थिईन ।  उपविजेता टिमलाई समाजका अध्यक्ष सुबास राईले र विजेता टिमलाई प्रमुख अतिथिले नगद,ट्रफि र प्रमाणपत्र दिएकाथिए । विजेता टिमलाई ६६६६  र उपविजेतालाई  ४४४४ हंगकंग डलर प्रदान गरिएको थियो । ट्रफिहरु हङकङ नेपाली महासंघले प्रायोजन गरि दिएको थियो ।
सस्थाको अध्यक्ष सुबास राईको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यकक्रमका प्रमुख अतिथि हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर थिए ।  अन्य अतिथिहरुमा पर्बत मञ्चका अध्यक्ष बिषन गुरुङ,भारतीय गोर्खा भुपु सैनिक संघका उपाध्यक्ष जजिन चाम्लिङ,किरात राई यायोक्खाका सचिव पिताम्बर राई,तमु ट्यो ह्युलका उपाध्यक्ष रिता गुरुङ , सल्लाहकारहरु किन्दर राई ,बसन्त कुमारी राई,सिके गुरुङ,शशिमदन राई,रेफ्रिहरु जय नारायण चौधरी,लालकाजि राना,प्रकास गुरुङ,बिष्णु गुरुङ, नबिन राई  थिए । खेल बिभाग प्रमुख तथा समाजका उपाध्यक्ष अधिराज राई “प्रकाश’ को स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव मोहन गुरुङले सञ्चालन गरेका थिए ।

अधिराज राईबाट
फोटो अनिज हंगकंग

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %