तमु धिँ युकेका नेतालाई पोखरामा स्वागत

Read Time:2 Minute, 4 Second

तमु िधं नेपालले पोखरा आएका तमु िधं युकेको टोलीलाई एक कार्यक्रमका विच स्वागत तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा आएका तमु धिँ युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, तमु धिँ रिडिँग युकेका अध्यक्ष नरजंग तमु, सल्लाहकार लोकबहादुर तमु, आजिवन सदस्य कृष्णबहादुर तमु र नेपाल स्थित तमु िधं युकेका कोअर्डिनेटर मेजर लक्ष्मीप्रसाद तमुलाई तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले खादा लगाइदिदै स्वागत गरेका हुन ।

स्वागत गर्दै तमु िधं नेपालका अध्यक्ष कर्म तमुले भौगोलिक दुरी टाढा रहेपनि तमु र तमु संघ संस्थाको उद्देश्य तमु समुदायको उत्थान भएकाले तमु धिँ नेपाल र तमु धिँ युकेको भावना एउटै रहेको दावी गरे  । कार्यक्रममा तमु धिँ युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुले वर्षैपिच्छे पोखरा आइ धेरै कुरा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । पोखरामा यस वर्ष संयुक्त ल्होछार मनाएर राम्रो शुरुआत गरिएतापनि युकेमा एकताबद्ध ल्होछार मनाउन नसकेको दुखेसो गरे  ।

कार्यक्रममा गोर्खा कम्युनिटी समुह पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद तमुले माघ २७ गतेदेखि पोखरामा हुन लागेको गोर्खा मेलाको आवाश्यकताको बारेमा चर्चा गरे । कार्यक्रममा तमु िधं नेपालका महासचिव देविराज तमु सरस्वती तमु नरजंग तमु कृष्णबहादुर तमु लगायतले तमु समुदायको उत्थानका बारेमा चर्चा गरे  ।

हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %