
कास्की पार्चे गाविस ७ स्थायी घर भई हाल पोखरामा वस्दै आएका दुवै मृगौला पिडित तिर्थवहादुर गुरुङ्गको मृगौला प्रत्यारोपणका लागी विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गर्ने क्रम अझै बढ्दै गइरहेको छ । पोखरा चापापानीमा रहेको चिउली पार्चे तमु समाजको पहलमा तिर्थ गुरुङ्गको मृगौला उपचारको लागी गरेको आर्थिक संकलन अभियानको क्रममा सोमवारसम्म समाजलाई विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट करिब १ लाख भन्दा बढि आर्थिक सहयोग प्राप्त भइसकेको छ । साथै तिर्थ वहादुर गुरुङ्गलाई सहयोग गर्न चाहने व्यक्तिहरुले ‘ए’ र ‘वि’ बैँक महेन्द्रपुलको खाता नम्वर ००१००००६३२१ ‘एफ’ मा जम्मा गर्न पिडित तिर्थवहादुर गुरुङ्गले सबैलाई आग्रह गरेका छन् ।
आइतवारसम्म करिब ५५ हजार नगद संकलन गरीसकेको समाजले सोमवार ६२ हजार ५ रुपैया संकलन गरी करिब १ लाख १५ हजार संकलन गरीसकेको समाजका सचिव पमवहादुर गुरुङ्गले जानकारी दिए । समाजलाई सोमवार युके निवासी तुल बिर गुरुङ्ग र कुमारी गुरुङ्गले प्रतिव्यक्ति १०\१० हजार तिर्थ गुरुङ्गको उपाचारको लागी सहयोग गरेका छन् ।
त्यस्तै पोखरा रानीपौवा निवासी वल वहादुर गुरुङ्गले ५ हजार फुलवारीनिवासी गुमान िसंह गुरुङ्गले २ हजार शितलादेवी निवासी गगन िसंह गुरुङ्गले १ हजार ५ सय फुलवारीनिवासी कर्णेल कमान िसंह गुरुङ्गले १ हजार ५ सय काचन जंघ वोर्डिङ्ग स्कुलले १ हजार ५ सय र कमलपोखरी निवासी सुवेदार रणवहादुर गुरुङ्गले १ हजार ५ रुपैया तिर्थ गुरुङ्गको उपचारको लागी समाजलाई प्रदान गरेका हुन ।
३९ वर्षिय तिर्थवहादुर गुरुङ्गले यसअघि सिक्लेसमा रहेको अन्नपुर्ण माध्यमिक विद्यालय पोखरा कुँडहरस्थित वाल विद्या वोर्डिङ्ग स्कुल गौडाकोमुखस्थित वालकल्याण वोर्डिङ्ग स्कुल र नयाँवजारस्थित लोटस एकेडेमीमा गरी करिब २५ वर्ष अध्यापन गराएका थिए ।
देवी जंग तमु, पोखरा
