पोखरा
तमु समाजहरुले ल्होछारको अवसरमा पुस पन्ध्रदेखि आयोजना गर्ने वार्षिक स्योकैं, चारभञ्ज्याङ तमु समाज पोखराले विविध कार्यक्रमका साथ शनिवार सम्पन्न गरेको छ ।
समाजका कार्यवाहक अध्यक्ष मिनबहादुर तमुको अध्यक्षता र तमु धिं नेपालका अध्यक्ष कर्म तमुको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक स्योकैं कार्यक्रममा समाज अन्र्तगत आमा समुहले आदिवासी जनजाति पुस्तकालय स्थापनाका लागि आयोजना गरेको चारभञ्ज्याङ विविध साँस्कृतिक कार्यक्रमका विशेष सहयोगीहरुलाई सम्मान गरेको थियो ।
वार्षिक भेटघाट र मुप्रि ल्होछारको शुभकामना सहित आयोजित कार्यक्रममा समाजका कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी कर्म तमु, नागवेली तमु समाजका अध्यक्ष क्याप्टेन हितमान तमु, समाजका कार्यवाहक अध्यक्ष मिनबहादुर तमु, सचिव एनवी तमु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
चारभञ्ज्याङ तमु समाजले पुस्तकालय स्थापना गर्ने
Read Time:1 Minute, 25 Second
