गुर्खा मेलाको भब्य तयारी

Read Time:6 Minute, 12 Second

माघ २२ पोखरा
गोर्खा कम्युनिटी पोखराको आयोजनामा नेपालमै पहिलो पटक हुन लागेको गोर्खा मेला २०६८ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा र यस आसपासमा छरिएर रहेका गोर्खा समुदायलाई एकजुट बनाइ आफ्नो पहिचानको लागि संगठित हुन आह्वान गर्नु नै मेलाको मुल उद्धेश्य रहेको आज पत्रकार सम्मेलनमा गोर्खा कम्युनिटी पोखराका अध्यक्ष तथा मेला मुल आयोजक समितीका संयोजक मेजर लक्ष्मी प्रसाद गुरुङ्गले बताए  । उनले मेला कुनै आर्थीक आम्दानीका लागी नगरिएको बताउदै गोर्खाली समुदायहरु एक ठाँउमा भेला गराइ मनोरञ्जन दिनु नै मेलाको उद्देश्य रहने बताए ।
मेला गोर्खालीको लागि मात्र नभइ सबै समुदायको लागि भएको बताउदै मेला अवालोकन गर्नका लागी सम्पुर्णलाई आग्रह गरे । देशको अर्थतन्त्रमा रेमिट्यान्स मार्फत टेवा पुर्याउने गोर्खाली समुदायलाई राज्यले समेत खासै सम्बोधन गर्न नसकेको उनको गुनासो थियो ।

मेलामा मुख्य आकर्षकका रुपमा पल्टनमा देखाइने परेड, तम्बोला, राफल ड्र, लगायतका विभिन्न खेलहरु, दोहोरी गित प्रतियोगीता , विभिन्न प्रयोजनका स्टलहरु रहने मेलाका प्रचारप्रसार संयोजक तथा गोर्खाली रेडियोका प्रबन्धक निर्देशक मिना गुरुङ्गले जानकारी दिइन । मेलाको करिव ८० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ ।

पोखरामा रहेको सम्पुर्ण दोहोरी साँझहरुलाई समेटेर गर्न लागीएको दोहोरी प्रतियोगीता र रस्सि तान्ने प्रतियोगीतामा प्रथम हुनेले रनिङ्ग ट्रफि सहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।
मेलाको पुर्वसन्ध्यामा माघ २६ गते प्रचारात्मक मोटरसाइकल ¥याली गरिने आयोजकले जनाएको छ । ¥याली अमरसिँहचोक, औद्योगीक क्षेत्र , काजीपोखरी , रामबजार , महेन्द्रपुल , बगर , चिप्लेढुङगा, सृजनाचोक , तमु ह्युलाचोक , मुस्ताङ्गचोक, हुदै प्रर्दशनी केन्द्रमा पुगी सम्पन्न हुने मेलाका सहसचिव डब्लु ओ टु भिम बहादुर गुरुङ्गले जानकारी दिए ।  

३ दिन सम्म सञ्चालन हुने मेलाको उद्घाटन माघ २७ गते ब्रिटिश राजदुत जोन टक नट तथा भारतिय राजदुत जयन्त प्रसादबाट हुने बताइएको छ ।

मेलामा विभिन्न व्यापारिक तथा बैकिङ गरि ४० देखी ६० स्टल रहनेछ । मेलामा १०३ वर्षका वयोवृद्ध भुतपुर्व सैनिक सुवेदार दिल बहादुर गुरुङ्ग र विरचक्र द्धारा सम्मानित क्याप्टेन दल बहादुर गुरुङ्गलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ । मेलाबाट संकलित रकम गोर्खा कम्युनिटि संञ्चयकोषको स्थापना गरि पोखराका सदस्यहरुका आश्रित शारीरिक अपाङगता भएका बालबालीकाको शिक्षा र स्वास्थ क्षेत्रमा खर्च गरिने बताइएको छ ।
मेला सम्पन्न गर्नका लागी विभिन्न समिति समेत गठन गरेको छ । समितिले अतिथी सत्कारमा प्रेम बहादुर थापा, दोहोरी प्रतियोगीतामा सुवेदार जस बहादुर गुरुङ्ग , सुरक्षा व्यवास्थापनमा ए एस पी किशोर गुरुङ्ग , प्रचार प्रसार संयोजकमा गोर्खाली रेडियोका कार्यबाहक अध्यक्ष तथा प्रबन्ध निर्देशक मिना गुरुङ्ग , मञ्च व्यवास्थापनमा सुवेदार सक्कल बहादुर गुरुङ्ग , राफल ड्र मा क्याप्टेन बेन बहादुर आले , तम्बोलामा क्याप्टेन भुपाल सिँह गूरुङ्ग , विभिन्न खेलकुदमा सुवेदार मेजर तोक बहादुर गुरुङ्ग , पार्कीङ्ग व्यवास्थापनमा उद्दिम बहादुर गुरुङ्ग ,टिकट व्यवास्थापनमा शान्ती गुरुङ्ग र दिलमाया गुरुङ्ग, साउन्ड सिस्टममा क्याप्टेन हितमान गुरुङ्ग, परेड व्यवास्थापनमा क्याप्टेन धन बहादुर , रस्सी कस्सी खेलमा सुवेदार मेजर टोक बहादुर गुरुङ्ग, सरसफाइमा कर्पोरल तेज बहादुर गुरुङ्ग, र मेडिकलमा सर्जन जुमकाजी गुरुङ्गलाई संयोजक तोकिएको छ ।
 मेला संचालन गर्न ६ लाख आर्थीक खर्च लाग्ने र ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ ।
आफ्नो पन आफ्नो पहिचान सवल नेपाल हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित समुदायले द गोर्खा बचत तथा सहकारी संस्था , गोर्खाली रेडियो १०६ मेघाहार्ज , गोर्खा ग्रोसरी शप र गोर्खा एण्ड वराह ज्वेलरी इण्डष्ट्रिज लगायतका ब्यापारिक संस्थाहरु यस अघि संचालनमा ल्याइसकेको छ ।

भुपाल गुरुङ्ग

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %