आपूर्ति मन्त्रीको बन्द मोह

Read Time:1 Minute, 15 Second

कँही नभएको जात्रा हाँडी गाउँमा भने जस्तै एक क्याबिनेट मन्त्री आफैले सुदुरपश्चिम बन्दको घोषणा गरेका छन् । सरकारका बस्नेहरुले जनताको आवाज सुन्न छाडेपछि दवाव सिर्जना गर्न बन्द आव्हान गरिने भएपनि वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघ २२ गते सुदुरपश्चिम बन्द गर्ने बताएका हुन । राज्य पुनःसंरचना आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनले सुदूरपश्चिमलाई विभेद गरेको निहुँ बनाउँदै मन्त्री आन्दोलनमा उत्रेका हुन ।

सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका भट्टले आफैँ सहभागी मन्त्रिपरिषद्ले राज्य पुनःसंरचना आयोग बनाएको भए पनि सुदूरपश्चिमका जनतालाई त्यसबारेमा कुनै जानकारी नदिएको तथा अखण्ड सुदूरपश्चिमलाई टुक्रुएर शासन गर्ने सोच राखेकाले आफूहरुले विरोध गरेको जिकिर गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %