कविता प्रतियोगिता अमेरिकामा, पुरस्कार नेपालमा

Read Time:1 Minute, 17 Second

अमेरिकामा आयोजित कविता प्रतियोगिताका विजेताहरुले नेपालमा पुस्कार ग्रहण गरेका छन् । नेपाली साहित्य प्रतिष्ठानले उत्तर अमेरिकामा आयोजना गरेको अन्तराष्ट्रिय कविता महोत्वस २०११ का विजेताहरुलाई राष्ट्रपति डा रामवरण यादवले माघ २० गते काठमाडौं पुरस्कार वितरण गरेका हुन ।
प्रतियोगितामा नुवाकोटका रामबहादुर तामाङ राबत, प्रथम कास्कीका शरण आँसु द्धितीय र गोर्खाका छमु गुरुङ तृतीय भएका थिए । उनीहरुले क्रमशः १० हजार, ३०० र २०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।
कविता प्रतियोगिताका संयोजक विश्वविमोहन श्रेष्ठका अनुसार प्रतियोगिता गत जुलाई १, २ र ३ गते वासिङ्टन डिसीको भर्जिनियामा सम्पन्न भएको थियो । प्रतियोगितामा तीस देशबाट प्राप्त ३६१ वटा कविता प्रस्तुत गरिएको श्रेष्ठले बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %