लोकप्रिय बाजा डम्फुको नाममा तमाङ धेदुङ हंगकंगले याउ मा तेई कम्यूनिटि हलमा संास्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमका आर्कषक मिलन लामाले दर्शकहरुलाई निकै तताए । लामा सगै नेपालबाट आएका चन्द्र बहादुर डोम इन्दिरा योाजन र तुलसा वाइवाको प्रस्तति पनि बेजोड रहेको थियो । दर्शकहरुको राम्रो उपस्थिति गराउन धेदुङ सफल देखिन्थ्यो ।
अध्यक्ष दुर्गा तमाङको अध्यक्षतामा सचिब विष्णु पाखि्रनको साचालन रहेको थियो । सहसचिव सन्तोष तमाङले स्व्ाागत मन्तब्य दिएका थिए । हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर प्रमुख अथिति रहेको थिए भने आदिवासी जनजाति महासंघका अध्यक्ष एमवि थापा विशेष अतिथि रहेको थिए । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रनितिधि तथा अध्यक्षहरु र समाजसेवी रहेको थिए ।
भीम थापा मगर
