नयाँ संविधानमा बहु–धर्मावलम्बीहरुको अधिकार सुनिश्चित गराईनुपर्ने भन्दै संविधान लेखन चलिरहेको बेला देशभर गाई गोरु काटेर खाएको भन्दै प्रशासनले धमाधम जनजाति समूदायका ब्यक्तिहरुलाई पक्राउ गर्दे मुद्दा चलाईरहेकोछ । कारागार चलान गरिरहेकोछ । त्यसरी पक्राउ परेकालाई छुटाउन जाँदा आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा माथि दुब्र्यवहार गरि हिरासतमा राखियो । मुलुकी ऐनको पशु वध सम्बन्धि प्रावधान अझै निस्क्रिय नभएकोले यसरी कार्वाही चलाउन पाईने तर्क राज्यले दिदैं आएकोछ । उता जनजाति नेता लगायत अन्य धर्मावलम्बीहरुले हिन्दु धर्मको रक्षार्थ बनाइएको यस्तो पंचायतकालिन नियम कानुनको डण्डा लगाएर राज्यले जनजाति आन्दोलन
दवाउने प्रपन्च गरिरहेको आरोप लगाइरहेकाछन् । 
यसै मेसोमा संविधान लेख्न बसेका सभासदहरुलाई साक्षी राखी पशु वध सम्बन्धमा बनेको विधेयक पास गराउन खोजियो । जसलाई जनजाति नेताहरुले मुलुकी ऐनलाई बलियो बनाउन ल्याइएको विधेयकको रुपमा ब्याख्या गरि त्यसलाई पास हुन दिएनन् । देशमा उठिरहेको पहिचानको आन्दोलनमा नयाँ फण्डा ‘धर्म’ थपिएकोछ । हिंजो वर्गीय, त्यसपछि जातीय र अब धार्मिक किचलोको गन्ध नेपाली राजनीतिमा समेत पस्न शुरु गरेकोछ ।
एक स्वायत्त मधेस प्रदेशको वकालत गर्दे आएका मधेसी दलहरुले अब हिन्दु धर्मको अस्त्र बोक्न थालेकाछन् । बाहुन क्षेत्री समूदायका केहि नेताहरुले धार्मिक अधिकार भन्दै हिन्दु धर्म बचाउनुपर्ने तर्क अगाडि सार्न थालेकाछन् । नेपाली मिडिया र दलमा यस्तो बहस शुरु भैसकेकोछ । यता बौद्ध, मुस्लिम, क्रिश्चियनहरुको भने अर्काे गठजोड शुरु भएकोछ, जसमा धेरै जसो जनजाति र दलितको बाहुल्यता देखिन्छ भने धार्मिक रुपमा मुस्लिमको आवद्धता हुने नै भयो ।
हेर्दा धार्मिक देखिएपनि यो पहिचानको ध्रुबीकरणमा सिधा जातीय अंह र स्वार्थ टकराइरहेकोछ । यसले नयाँ विवादको विजारोपण गर्न थालेकोछ । यस्तो ध्रुबीकरणको असर र प्रभाव डरलाग्दो हुनसक्छ । यस्तो विष फैलन नदिन दुई पक्षबीच पर्याप्त छलफल र संवाद जरुरी ठानिएकोछ । त्यहि आवश्यकता महसुस गरि आदिवासी जनजाति बौद्धिकहरुको संस्था सिड्सले यसबारेमा सरोकारहरुलाई एक ठाँउमा राखि एउटा अन्र्तक्रिया चलाएकोथियो । त्यसमा सरोकारवालाहरुको ठूलो उपस्थिति थियो । यो त्यसैको अडियो रुप हो । सिड्सका प्रा. बालकृष्ण माबुहाङले कार्यक्रम संचालन गरेकाथिए ।
कार्यक्रममा स्रोत ब्यक्तिको रुपमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा, हिन्दुको तर्फबाट दिर्घराज प्रसाई, मुसलमानको तर्फबाट गुलाम रसुल, क्रिश्चियनको तर्फबाट डा. रमेश खत्री र बौद्धको तर्फबाट डा. केशवमान शाक्य थिए ।
-सम्पादक
bahas_part1.mp3
(भाग १)
bahas_part2.mp3
(भाग २)
