उपप्रधान मन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले राज्य पुनःसरचना उच्चस्तरीय आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा दलहरुवीच सहमति बन्नु पर्ने बताएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले सङ्घीयतासम्बन्धी खाका वैज्ञानिक भएकाले सबैदलहरुले यसलाई स्विकार्नुपर्ने धारणा राखे ।
फोरम लोकतान्त्रिकद्वारा आयोजित सहिद हरि मेहता र श्यामसुन्दर मेहताको पाँचौ स्मृति दिवसका अवसरमा बोल्दै उनले पहिचान सामथ्र्य र भौगोलिकताका आधारमा आयोगको बहुमतले प्रस्तुत गरेको ११ सङ्घीय राज्य वैज्ञानिकताका आधारमा मिल्ने हिसाबले आएकाले त्यही स्वरुपको सङ्घीयताका लागि सबै राजनीतिक दलहरुलाई मिल्न आग्रह गरे ।
