भारतीय गोर्खा भूपूको बनभोज

२९ जनवरी हंगकंग स्वतन्त्र दिवस मनाउदा ब्यानरमा नै उल्लेख गरी सांस्कृतिक कार्यक्रम गरेको भारतीय गोर्खा भूपू सैनिक संघले केहि हदसम्म भने पनि विरोधको सामना गर्दै लेखहरु पढ्न पर्यो । यस पटक १३ जना भिसीहरुको फोटो टासेर बनभोज कार्यक्रम भनेर ब्यानरमा लेखिएको थियो । तर समितिका सचिव तथा कार्यक्रमका साचालकले २६ जनवरीमा पर्ने भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा बनभोज कार्यक्रम आयोजना गरेको भनिरहेका थिए । यसरी लेखिएको र भनिएको क्ररा मेल खाइ रहेको थिएन ।

त्यसैले होला नेपाली महाबाणिज्यदूताबासका कोही प्रतिनिधि उपस्थित थिएनन तर भारतीय महाबाज्यिदूताबासको तर्पुबाट भने प्रतिनिधि उपस्थित थिए । गेसोका केन्द्रिय सदस्य मणिकिरात राईले प्रमुख आतिथ्य ग्रहण गर्दै सम्बोधनको क्रममा यी जति पनि ब्यानरमा राखिएका शहिदहरु सवै वि्रटिसको हो भनेका थिए । अध्यक्ष जंग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिलाई सहयोग गरेको भन्दै हंगकंगका पत्रकार लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान पत्र प्रदान गरीएको थियो । अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरु र समाजसेवीहरु रहेका थिए ।

भीम थापा मगर