आदिवासी जनजाति र राज्यपुर्नसंरचनाको विषयमा विभिन्न अन्तरकि्रयात्मक कार्यक्रम गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघले माघ २१ गते यस्तै अर्को कार्यक्रम आयोजना गरेको छ । काठमाडौस्थित नेपाल पयर्टन बोर्डको सभाकक्षमा नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चितताको सवाल विषयक बहस आयोजना गरिएको महासंघका महासचिव आङकाजी शेर्पाले जानकारी दिए ।
जनजाति तथा सामाजिक सशक्तिकरण परियोजनाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । महासंघले गर्ने यस्ता अन्तरकि्रयाहरुमा आदिवासी जनजातिको हक हितका लागि संघर्षरत राजनीतिक दललाई भन्दा वाहुन नेतृत्वको दलमा बढी महत्व दिँदै आएको छ ।
