नेपाल मगर विद्यार्थी संघको सातौं अधिवेशन तनहुँको दमौलीमा जारी छ । महाधिवेशनमा करिब चार सय प्रतिनिधि पर्यवेक्षक सहभागी छन् । मगर विद्यार्थीको हकहितमा कसरी काम गर्न सकिन्छ भन्ने विषयले भन्दा नयाँ नेतृत्वमा को आउने भन्ने विषयले बढी महत्व पाईरहेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले राज्यसत्ता डटकमलाई जानकारी दिए । मगर विद्यार्थीको नेतृत्व चयनमा पनि मातृसंगठन मगर संघमा जस्तै दलीय गुटबन्दी हुने प्राय निश्चित छ ।
अधिवेशनको माघ १३ गते अर्थ मन्त्री वर्षमान पुनले एक समारोहका वीच उदघाटन गरेका थिए । अधिवेशन माघ १५ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
