यस्तो कामको लागि पो चलाउनु फेसबुक

Read Time:2 Minute, 57 Second

हुम तमु/देव तमु, कास्की

दुवै मिर्गौला पिडित कास्की जिल्ला भाचोक गाविस मकैखोला वडा नं। ६ निवासी २० वर्षिया बुद्धिमाया गुरुङको उपचारका लागि सरीता गुरुङले ४८ हजार २३५ रुपैया सहयोग प्रदान गरेकी छन् । गल्फ ओभरसिज काठमाण्डौंमा कार्यरत कास्की लुम्ले गाविस पाउदुरकी सरिताले  सामाजिक साजाल फेसबुक प्रयोगकर्तासाथीहरु मार्फत संकलन गर्नुभएको सहयोग रकम पोखरामा माघ १३ गते हस्तान्तरण गरेकी हुन ।

कार्तिक महिनादेखि मिर्गौला समस्याबाट पिडित ११ महिनाकी छोरी अनुजा गुरुङका आमा बृद्धिमाया हाल आफन्तको घर पोखरा १३ मियाँपाटनमा बसी मणिपाल शिक्षण अस्पतालमा डाइलोसिस गर्दै आएकी छन् । उपचारका लागि हालसम्म दुइलाख रुपैया खर्च भइसकेको र मिर्गौला प्रत्यारोपण लगायत उपचारका लागि करिब २० लाख रुपैया लाग्ने हुनाले आफ्नो घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले बुद्धिमायाको उपचारका लागि सहयोग गरिदिन उनका श्रीमान सुरेस गुरुङले आग्रह  गरेका छन् । बैदेशिक रोजगारीमा कतारमा रहेका सुरेश बुद्धिमायाकै उपचार लागि नेपाल फर्केका हुन । उनले श्रीमतीको मिर्गौला प्रत्यारोपणका लागि आफ्नो परिवारबाट पहल हुने यदी म्याचिङ नभए मिर्गौला दाताहरुसँग आग्रह गर्ने पत्रकार सम्मेलनमा बताए ।

पिडित बुद्धिमाया गुरुङको उपचारका लागि सहयोग गर्न चाहने महानुभावले माछापुच्छ्रे बैंकको खाता नं. १२०१५२४१५२९० साइड कोड ‘एमबीएलएलएलपीकेए’ मा  रकम जम्मा गर्न सकिन्छ । एघार वर्षिया अनुजाकी आमा २० वर्षिया बुद्धिमाया गुरुङको स्वास्थ्य समस्या र आर्थिक अभाव फेसबुक मार्फत जानकारी पाउदा मानविय सेवाका लागि उपचार सहयोग संलकन गरेको सरीता गुरुङले बताइन्  । हाम्रो कुनै नाता सम्बन्ध र चिनजान छैन आर्थिक अभावकै कारण उपचारबाट बिाचत हुन नपारोस भनेर फेसबुकमा सम्पर्कका रहेका साथीहरुसँग सहयोग संकलन गरेको र यो अभियान जारी रहेकाले मानविय भावनाले सहयोग  गर्न सरीताले अनुरोध गरिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %