गोरेबहादुर खपाङ्गी फेरि परे कार्वाहीमा

Read Time:3 Minute, 1 Second

गोरेबहादुर खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीको साधारण सदस्य समेत नरहेको सो पार्टीको आधिकारिक वेभसाइट(http://www.janamuktiparty.com/)मा उल्लेख छ । वेभसाइटमा जनाइए अनुसार माघ ५ गते भैरहवामा सम्पन्न संघीय परिषद वैठकले खपाङ्गीलाई साधारण सदस्य समेत नरहने गरी निश्काशन गरिएको छ । नेपाल जनता पार्टी नामक अमूक पार्टीको अध्यक्ष भएको घोषणा र आफू जनमुक्तिमा नरहेको भन्ने लिखित दस्तावेज जारी गरेकाले निश्काशन गरिएको वेभसाइटमा उल्लेख छ ।

गत वर्ष नवलपरासीमा सम्पन्न सो पार्टीको महाधिवेशनमा अध्यक्षका निकटत्तम प्रतिद्वन्दी रहेका खपाङ्गीलाई संघीय परिषद केन्द्रिय समिति सदस्यमा मनोनित गरिएको थियो । यद्यपि अध्यक्षमा पराजित भएयता खपाङ्गीले पार्टीसँग कुनै सम्बन्ध नराखेको वेभसाइटमा उल्लेख गरिएको छ । राज्यसत्ता डटकमसँग केही महिना पहिला भएको कुराकानीमा खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टीसँगको आफ्नो वर्तमान सम्बन्धको विषयमा कुनै प्रश्न नसोध्न आग्रह गरेका थिए ।

खपाङ्गीका विश्वासपात्र मानिने नन्दबहादुर घर्तिले भने फेसबुकमार्फत जनमुक्ति पार्टी र सो पार्टीका नेताविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । घर्तिलाई सो पार्टीले अहिले कारवाही गरिसकेको छ ।

घर्तिको फेसबुकमा खपाङ्गी नेपाली जनता पार्टी नामक दलको अध्यक्ष भएको उल्लेख छ । निर्वाचन आयोगको आधिकारिक दस्तावेज अनुसार भने खपाङ्गी प्रजातान्त्रिक जनमुक्ति पार्टीका अध्यक्ष हुन । आयोगमा दर्ता भएका ७४ दल मध्येको एक सो दलले संविधानसभा निर्वाचनमा भाग लिएको थिएन । काँइयो चुनाव चिन्ह पाएको सो पार्टी खपाङ्गीले आफू महिला वालवालिका तथा समाज कल्याणमन्त्री भएपछि खोलेका थिए ।  राष्ट्रिय जनमुक्ति पार्टीको महासचिवको हैसियतमा मन्त्री बन्ने अवसर पाएका खपाङ्गीले नयाँ दल गठन गरेपछि सो पार्टीका धेरै नेता कार्यकर्ता लाखापाखा लागेका थिए । २०६४ चैतमा संविधानसभा निर्वाचन भएपछि जनमुक्तिमा प्रवेश गरेका खपाङ्गीलाई सहअध्यक्षको जिम्मेवारी दिइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %