गोर्खाको मनकामनामा संविधानको मस्यौदामा बहस

Read Time:2 Minute, 58 Second

संविधानसभाद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदाबारे गोर्खाको मनकामना गाविसमा अन्तरकृया सम्पन्न भएको छ । नेपाल कानून समाज संविधान सूचना केन्द्र पोखराका जनसम्पर्क अधिकृत विष्णु अधिकारीले संविधानसभाले तयार गरेका ११ वटै अवधारणा पत्र र प्रारम्भिक मस्यौदाबारे बताउदै राज्य पूर्नसंरचना सासकिय स्वरुप र निर्वाचन प्रणालीबारे प्रकाश पारेका थिए ।

मनकामना गाविस सचिव नारायणप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न अन्तरकृयामा सहभागी मनकामना मन्दिर विकास समितिको अध्यक्ष दिनेश जोशीले कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री जे भएपनि नेताको चरीत्र र प्रकृतिमा सुधार नहुने हो भने जुनसुकै कार्यकारी वा व्यवस्था भएपनि मुलुक अगाडि बढ्न नसक्ने धारणा राखेका थिए । नेकपा एमाओवादीका गाउँ ईाचार्ज कृष्णबाबु श्रेष्ठले सासकिय प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने र गलत गर्नेलाई कानूनद्वारा नै गलहत्याउन सक्ने व्यवस्था गरी शक्ति सन्तुलन हुनुपर्ने धारणा राखेका थिए ।

नेपाली कांग्रेसका गाउँ सभापति हीराबहादुर थापाले ५ देखि ७ प्रदेश हिमाल पहाड तराई मिलाएर गर्नुपर्ने शक्ति बाँडफाँड गरेर राष्ट्रपतिवा प्रधानमन्त्री जसलाई कार्यकारी बनाउन सकिने धारणा राखे । नेकपा एमालेका गणेश थापाले देशको युवा जनशक्ति प्रति राज्य गम्भिर हुनुपर्ने बताउँदै जातीय संघियता र आत्मनिर्णयको अधिकार हुन नहुनेमा जोड दिएका थिए ।

अन्य सहभागीहरुमा केवि श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, कृष्णबहादुर थापा, शिक्षिका सोहना थापा, टंकप्रसाद दुवाढी लगायतले जनताको अन्तर्निहित अधिकार समेट्ने गरी सबैको लागि उपयुक्त र दुरगामी संविधान बनाउन जोड दिनुपर्ने बताउँदै ठूला दलका ठूला नेताहरुले समय मात्र थप गरेर जनमतको उपहास गरेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा ६३ जना स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %