नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा शिवहरि मरहठ्ठाले आगामी शैक्षिक शत्रदेखि पिण्डेश्वर संस्कृत विद्यापीठ धरानमा आदिवासी\जनजातिका भाषाको अध्ययन सुरु गरिने आश्वासन दिएका छन् । संस्कृत विश्वविद्यालयको पहिलो आङ्गिक क्याम्पसका रुपमा धरानको विजयपुरगढीमा साचालित विद्यापीठको नयाँ प्रशासनिक भवन उद्घाटन गर्ने क्रममा उनले माघ ८ गते यस्तो आश्वासन दिएका हुन ।
आगामी शैक्षिक सत्रदेखि सो विद्यापीठमा किरात भाषा र साहित्य विषयको अध्ययन थालिने मरहठ्ठाले बताए । यसका लागि पाठ्यपुस्तक तयारी गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काइलाको अध्यक्षतामा सांस्कृतिक अध्ययन केन्द्र स्थापना गरिसकिएको छ ।
