
गोविन्द घर्ति\रुपन्देही
नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लालाई समेटेर लुम्विनी प्रदेश बनाउनु पर्ने माग सहित राष्ट्रिय जनमुक्ति पार्टीले माघ ६ गते भैरहवामा लुम्विनी राज्य समिति घोषणा गरेको छ । नगेन्द्र रौतार थारुको संयोजकत्वमा ७ सदस्यीय लुम्विनी राज्य समितिको घोषणा गरेको हो । समितिको सचिवमा तिलबहादुर झेडी, कोषाध्यक्षमा चन्दा थापा, सदस्यहरुमा ममता बुढाथोकी, आसिन गुरुङ्ग, कुलविर थापा र मोतिलाल सुनारलाई चयन गरिएको छ ।
पार्टीको १२ प्रदेशको अवधारण अनुसार लुम्विनी राव्य समिति गठन गरेको र अन्य ठाउँहरुमा छिट्टै गठन गरिनॆ संघीय परिषद सदस्य दल बहादुर विरकट्टाले बताए । पार्टीको २२ औं स्थापना दिवसको अवसर पारेर रुपन्देहीको भैरहवामा आयोजित लुम्विनी राज्य समिति घोषणा सभामा हजारौ कार्यकर्ता समर्थकले लुम्विनी प्रदेश घोषणा गर पूर्ण संघीयता सुनिश्चित गर भ्रष्टचारीलाई मृत्यु दण्डको व्यवस्था गर्नेपर्छ भन्ने नाराहरु घन्काउदै भैरहवा नगर परिक्रममा गरी बुद्धचोकमा आएर सभामा परिणत भएको थियो ।

तस्विरहरु:- गविन्द घर्ति
घोषणासभालाई सम्वोधन गर्दै सोपार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एम।एम थापाले आगामी जेठ १४ गते भित्र कुनै पनि हालतमा नयाँ संविधान जारी हुनु पर्ने र त्यसो नभएमा देश गृहयुद्धमा जाने बताए । संविधान जारी नहुनुको मुख्य कारण आदिवासी जनजाति मधेशी दलित उत्पीडित मुस्लिम सिमान्तकृत र अल्पसंख्यक जातीहरुलाई अधिकारबाट वंचित र राज्यसत्ताबाट विमुख गर्ने षयन्त्र भएको थापाको निश्कर्ष थियो ।
पूर्ण संघीयतामा मुलुकलाई जानबाट रोक्ने संविधान नबनाउने षडयन्त्र गरेपनि त्यसो भएमा मुलुक अझ जातीय गृहयुद्धमा फस्ने निश्चित रहेको अध्यक्ष थापाले बताए । साना राजनैतिक दलहरुलाई पाखा लगाउन समन्यत्र भंग गरेको अध्यक्ष थापाले आरोप लगाए । यो साना राजनैतिक दललाई पाखा लगाएर तिन ठूला दलले आफूहरुले हालीमुहाली गर्नको लागि समन्यत्र खारेज गरेको अध्यक्ष थापाको भनाई रहेको छ । एक अर्को प्रसंगमा तिन ठूला राजनैतिक दलहरु जुगाको जडाई गरिहेको हुदा नेपाली जनताले समयमा संविधान नपाएको बताए । राजनैतिक दलहरु ईमान्दारी नभएका कारण नेपाली जनताले समयमै संविधान नपाएको बताए ।

पार्टीका केन्द्रिय उपाध्यक्ष शिवलाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केपी पालुङवा, रविन्द्र सुनार, स्थायी समिति सदस्य रत्न राना, गंगा खासु, संघीय परिषद् सदस्य वलदिप राई, राष्ट्रिय युवा मोर्चाका महासचि सुन्दर गुरुङ्ग लगायतले मुलुक गंभीर अवस्थामा पुगेकाले तोकिएको समयमा संविधान जारी गर्नुमा जोड दिए । पार्टी उपमहासचिव चन्द्र बहादुर श्रीसको संचालनमा रुपन्देही जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।


तस्विरहरु:- गविन्द घर्ति
